कैलाली । कैलालीमा सर्पले टोकेर एक बालकको मृत्यु भएको छ ।
धनगढी उपमहानगरपालिका– ९ वनदेवी टोल बस्ने माया विकको ५ वर्षीय छोरा अरुणको सर्पले टोक्दा मृत्यु भएको हो ।
बालक विकलाई गएराति निजकै घरमा सुतिरहेको अवस्थामा सर्पले टोकेर घाइते भएको र उपचारको क्रममा राति करिब २ बजे सेती प्रादेशिक अस्पतालमा मृत्यु प्रहरीले जनाएको छ ।