सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • काभ्रेलाई प्रदेशको राजधानी बनाउन दलहरुको नौटंकी ! पहिला आपत्ति, अहिले आएर सहमति

काभ्रेलाई प्रदेशको राजधानी बनाउन दलहरुको नौटंकी ! पहिला आपत्ति, अहिले आएर सहमति

7890
Shares
काभ्रेलाई प्रदेशको राजधानी बनाउन दलहरुको नौटंकी ! पहिला आपत्ति, अहिले आएर सहमति

काभ्रे, साउन २ । स्थानीय तहको संख्या र्निारण हुनु अगाडी काभ्रेका विभिन्न राजनीतिकह दलहरुले काभ्रेलाई ३ नम्बर प्रदेशको राजधानी बनाउँनु हुदैन भनेर कसरतमा लागेका दलहरु पनि स्थानीय तहको निर्वाचनपछि काभ्रेमै चाहिन्छ भनेर भेला तथा छलफलको आयोजनामा छुटि रहेका छन् । ठूला राजनीतिक दल भनाउँदाहरुले काभ्रेमा महानगरपालिका चाहिदैन र प्रदेशको राजधानी बनाउनु हदैन भनेर खुलेआम लागि रहेका दलहरुले नै स्थानीय तहको निर्वाचनपछि भेला तथा छलफलको आयोजनामा जुटिरेका हुन् ।
३ नम्बर प्रदेशको राजधानी काभ्रेमा बनाउन काभ्रेका सबै राजनीतिक दलहरुले माग गरेका छन् । नयाँ संविधानले गरेको ब्यवस्था अनुसार सात वटा प्रदेशका राजधानीहरु तय गर्ने क्रम भित्र भित्रै भए पनि देखिने गरी सरकारले काम शुरु नगर्दै प्रदेश ३ अन्र्तगतको काभ्रे जिल्लाका राजनीतिक दलहरु राजधानी बनाउन गरेका हुन् । आईतबार नेपाली कांग्रेस जिल्ला कार्य समितिले आयोजना गरेको सर्वपक्षिय भेलाबाट प्रदेश नम्वर ३ को राजधानी बनाउन पहल गर्ने निर्णय गर्दै थप तयारी र स्टेरिङ्ग कमिटी गठन गर्ने गरी सोमबार एमाले पार्टी कार्यालयमा बैठक बस्ने तय भएको नेपाली कांग्रेस काभ्रेका जिल्ला सचिव दिनेश लामाले बताए ।
प्रदेशको राजधानी काभ्रेमा राख्न विवाद नगर्ने सहमति
‘पहिले प्रदेश ३ को राजधानी काभ्रेपलाञ्चोक जिल्लामा बनाउने कुरामा जिल्लामा एकमत देखियो’–सचिव लामाले भने–‘प्रदेश ३ को राजधानी काभ्रेमा बनाउने सरकारको निर्णय आए लगत्तै स्थानका बारेमा विवाद नगर्ने सहमति भएको छ ।’ छलफलमा हाल खाली र धेरै फराकिलो स्थान रहेको आईटी पार्कको जग्गा र भवनहरुलाई प्रदेश ३ को राजधानीका लागि उपयुक्त हुन सक्ने प्रस्ताव आएको नेपाली कांग्रेसका नेता शिव हुमागाईले बताए । पुर्व सांसद र नेपाली कांग्रेसका पुर्व सभापति समेत रहेका हुमागाईले राजनीतिक दलहरु जिल्लाको सामुहिक विकासका लागि एक हुन्छन भन्ने सन्देश पनि यो बैठकबाट दिन सकिएको बताए ।
सर्वपक्षिय छलफमा एमालेका पुर्व अध्यक्ष एवं केन्द्रिय स्कुल विभाग सदस्य गोकुल बास्कोटाले राजनीतिक दलहरु, नागरिक समाज लगायतले पहिला नै प्रदेश नम्वर ३ को राजधानी बनाउने कुरामा छलफल र निर्णय भए पनि सामुहिक निर्णय र खवरदारीले सरकारलाई पनि सहज हुने बताए । ‘राजधानी आफैमा उकुसमुकुस भईसकेको छ’– एमाले नेता बास्कोटाले भने–‘प्रदेश र केन्द्रको राजधानी एकै स्थानमा राख्दा शहरीकरण र अवसरका कुरा पनि गुम्नेछ ।’
उपत्यका बाहिरको सम्भावना काभ्रे
उपत्यका बाहिरको सम्भावना नै सम्भावना भएको जिल्ला काभ्रेपलाञ्चोकमा राजधानी बनाउन सरकारलाई दबाव दिन सबै एकजुट हुने कुरामा बास्कोटाले जोड दिए । पुर्व राज्य मन्त्री एवं नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य सुर्यमान दोङ्गले जिल्लाको विकासमा प्रदेशको राजधानीले थप महत्व राख्ने र सम्भावना समेत भएको अवस्थामा पहल गर्न सबै एकजुट हुनु पर्ने बताएका थिए । छलफलमा नेपाल उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य सुरकृष्ण बैद्य, नेपाल पत्रकार महासंघका अध्यक्ष मोतीराम तिमल्सिना, राप्रपाका टुल्कु लामा, माओवादी केन्द्रकै गंगाबहादुर दोङ्ग, रुकु चौलागाई, इन्द्रबहादुुर थिङ्ग, नेपाली कांग्रेसका उप सभापति अच्युत पौड्याल, कोषाध्यक्ष कृष्णगोपाल भैल, सचिवहरु दिनेश लामा र इश्वरी ओझा, नेपाल परिवार दलका लेखनाथ सापकोटा, लोकतान्त्रिक फोरमका प्रविणकुमार धिताल र गोविन्दबहादुर थापा, राजपाका भिम लामा, नयाँ शक्ति पार्टीका तारानिधी पन्त, नेपाल पत्रकार महासंघका सचिव नगेन्द्र अधिकारी, सह सचिव मधुसुदन तिमल्सिना, राजमोका सुर्वणविक्रम थापा, गैसस महासंघका टोमप्रसाद सापकोटा, लोकतान्त्रिक गैससका माधव श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।
छलफलमा प्रदेश ३ को पत्रकारहरुको तालिम सेन्टर पनि काभ्रेमा बनाउन पहल गर्ने प्रस्ताव गरिएको शाखा अध्यक्ष मोतीराम तिमल्सिनाले जनाकारी दिएका छन । प्रदेश ३ मा उपत्यकाका तीन सहित पुर्वी जिल्लाहरु काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, सिन्धुली, नुवाकोट, धादिङ्ग, मकवानपुर, चितवन, रसुवा जिल्ला छन् । उपत्यका बाहिर हरेक हिसावले सुविधा भएको जिल्ला काभ्रेपलाञ्चोक हो ।
-काभ्रे संदेश साप्ताहिक बाट साभार

7890
Shares

ट्रेन्डिङ