सबैको समाचार
शुक्रबार, बैशाख १२, २०८२
  • होमपेज
  • धिताल सेवा समाज काभ्रेमा नयाँ नेतृत्व, नेतृत्वमा गोविन्द र पुजन

धिताल सेवा समाज काभ्रेमा नयाँ नेतृत्व, नेतृत्वमा गोविन्द र पुजन

65
Shares
धिताल सेवा समाज काभ्रेमा नयाँ नेतृत्व, नेतृत्वमा गोविन्द र पुजन

काभ्रे । धिताल सेवा समाज, काभ्रेको तेस्रो वार्षिक साधारण सभा तथा अक्षय कोष स्थापना कार्यक्रमको अवसर पारि नयाँ कार्यसमिति चयन गरिएको छ।

समाजको तर्फबाट आयोजित कार्यक्रमले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति गठन गरेको हो। नवगठित कार्यसमितिमा अध्यक्षमा गोविन्द शर्मा धिताल चयन हुनुभएको छ। उपाध्यक्षमा सुरज केसी धिताल, सचिवमा पुजन धिताल, कोषाध्यक्षमा सरिता कार्की धिताल रहनुभएको छ। यसैगरी सदस्यहरूमा विशाल धिताल, रधुनाथ, नहकुल धिताल र रामकुमार धिताल चयन हुनुभएको छ।

तेस्रो साधारण सभा तथा अक्षय कोष स्थापनाको प्रमुख अतिथिको रुपमा रहेका गण्डकी प्रदेश सभाका सभामुख कृष्णप्रसाद धितालले सभालाई सम्बोधन गर्दै यस्ता समाजले समाजमा संलग्न व्यक्तित्वको सम्मानका साथै सामाजिक कार्यलाई नयाँ उचाई दिन मद्दत पुग्ने यस्ता कार्य गर्न आफूले सदैव सहयोग गर्ने बाचा गर्दै, काभ्रेले बनाउन खोजेको समाजको नयाँ भवन निर्माणमा आफूले सक्दो सहयोग गर्ने बाचा व्यक्त गर्नुभयो।

सोही सभामा केन्द्रीय प्रतिनिधि तथा धिताल वंशावली संकलनका संयोजक रामचन्द्र धितालले समाजको औचित्य र आगामी कार्यदिशा साथै वंशावली संकलन र वंशावली निर्माणसम्मको यात्राबारे बताउनु भएको थियो।

भने, सोही सभाको विशिष्ट अतिथिको रुपमा रहनु भएका केन्द्रीय कफी उत्पादक सहकारी संघका केन्द्रीय अध्यक्ष तुलसीराज धितालले यस्ता समाजले संगठित हुँदा हाम्रा जातिलाई जोड्न र आगामी सामाजिक कार्य गर्न समेत थप मद्दत पुग्ने विश्वास व्यक्त गर्दै, धुलिखेल–११ पात्लेखेत पनि कफी खेतीको सम्भावना बोकेको क्षेत्र भएकाले पात्लेखेत र धिताल सेवा समाजलाई सहयोग पुर्‍याउने सवालमा आफू सदैव तयार रहेको बाचा व्यक्त गर्नुभयो।

सोही सभालाई सम्बोधन गर्न पुगेका गोरखाका शारदा प्रसाद शर्माले लामो समयपछि दाजु भाइ, आमा बुबासँग भेट हुन पाउँदा खुशी व्यक्त गर्नुभयो। भने, सदैव आफूले सामाजिक कार्य गर्दै आएकाले सहभागीले अपिल गरे सहयोग गर्ने बाचा व्यक्त गर्नुभयो।

धिताल सेवा समाज काभ्रेको अध्यक्ष प्रविण कुमार धितालको सभापतित्वमा सम्पन्न कार्यक्रममा केन्द्रीय निर्वाचन प्रतिनिधि शारदा शर्मा धितालले निर्वाचनका कार्यक्रम सञ्चालन गर्नुका साथै स्वागत मन्तव्य समेत व्यक्त गर्नुभएको थियो।

धिताल सेवा समाज काभ्रेलाई जग्गा दान गर्नु हुने धुलिखेल–११ निवासी श्याम धिताललाई जग्गा दान गर्नुका साथै धिताल सेवा समाजलाई सहयोग पुर्‍याएको योगदानको कदर गर्दै सम्मानपत्रसहित सम्मान गरिएको थियो। सभाले नै धिताल सेवा समाजको स्थापनामै नेतृत्व गरेको र वंशावलीसहित विभिन्न कार्यमा सहयोग पुर्‍याएको योगदानको कदर गर्दै सम्मानपत्रबाट धुलिखेल–११ पात्लेखेत निवासी शारदा प्रसाद शर्मा धिताललाई सम्मानित गरिएको थियो।

भने, कार्यक्रमकै प्रमुख अतिथि गण्डकी प्रदेश सभामुख कृष्ण धिताललाई पनि धितालको वंशमा जन्म लिई राजनीतिक क्षेत्रमा पाउनुभएको स्थान र आगामी दिनको शुभकामना दिँदै सम्मानपत्रले सम्मानित समेत गरिएको थियो।

कार्यक्रममा समाजका वरिष्ठ सदस्यहरूको उपस्थितिमा नयाँ नेतृत्वलाई बधाई दिइएको थियो। समाजले सामाजिक सेवा, सहकार्य, र आपसी सम्बन्ध सुदृढीकरणका लागि विभिन्न कार्यक्रम गर्दै आइरहेको छ। नयाँ नेतृत्वले समाजको उद्देश्य र कार्ययोजनालाई अझ प्रभावकारी ढंगले अघि बढाउने प्रतिबद्धता नव-नियुक्त अध्यक्ष गोविन्द शर्मा धितालले व्यक्त गर्नुभयो।

65
Shares

ट्रेन्डिङ