सबैको समाचार
मङ्लबार, जेष्ठ १५, २०८१
  • होमपेज
  • बीबीए पढाइको लागि सायम कलेज एउटा नमुना कलेज बनेको छ

बीबीए पढाइको लागि सायम कलेज एउटा नमुना कलेज बनेको छ

7420
Shares
बीबीए पढाइको लागि सायम कलेज एउटा नमुना कलेज बनेको छ

सबिना तुलाधर साउथ एसियन इन्ष्टिच्यूड अफ म्यानेजमेन्ट (SAIM) को सिनियर असिस्टेन्ट प्रोफेसर हुनुहुन्छ । सेन्ट मेरिज स्कूलबाट एसएलसी, ग्यालेक्सी स्कुलबाट प्लस टू, पिपल्स कलेजबाट स्नातक र काठमाण्डू यनिभर्सिटि स्कुल अफ म्यानेजमेन्ट (KUSOM) बाट एमबिए गर्नुभएकी तुलाधर विगत ८ वर्षदेखी शिक्षण क्षेत्रमा आबद्ध हुनुहुन्छ ।

एकेडेमिक ग्रुमिङ, अध्ययन–अध्यापन, नेतृत्व विकास र व्यवस्थापन सम्बन्धि तालिम र अनुभव समेत हासिल गर्नुभएको उहाँ व्यापारिक र व्यावसायिक परिवारमा जन्मिनुभएको हो । काठमाडांै उपत्यकामा रेडिमेट सपिङ सेन्टरको नामले परिचित व्यापारिक घराना उहाँको पुख्र्यौली व्यावसायिक आधार स्तम्भ हो ।

त्यसैगरी १९६० देखि काठमाडौं उपत्यकामा अग्रणी स्वेटर व्यापारको रुपमा स्थापित नाम ग्राण्ड उल सेन्टरको परिवारमा उहाँको वैवाहिक सम्बन्ध गाँसिएको थियो । यिनै पृष्ठभुमिबाट उहाँले उद्यमशिलताको मर्म तथा महत्व जोखिम वहन गर्ने र अनुकुलता साथै सँधैभरी गतिशिल हुने बजारलाई कसरी बुझ्ने र सोही अनुसार तयारी र प्रस्तुत हुने भन्ने बारेमा धेरै कुराहरु सिक्नु र अनुभव गर्नुभयो ।

जुन कुराहरु उहाँ आफ्नो विद्यार्थीहरुमाझ पनि बारम्बार चर्चा गर्नुहुन्छ । उहाँ आज जुन स्थानमा हुनुहुन्छ त्यस पछाडिको प्रेरणा हौसला र मार्ग निर्देशनमा उहाँको अविभावक, परिवार र शिक्षकको महत्वपूर्ण भुमिका रहेको कुरा गर्व र सम्मानका साथ व्यक्त गर्नुहुन्छ ।

आफु विद्यार्थी हुँदै शिक्षक र गुरुको भुमिकालाई निकै राम्रोसँग बुझेको र अनुभव गर्नुभएकोले उहाँ विश्वास गर्नुहुन्छ कि एउटा शिक्षकले आफ्ना विद्यार्थीको मष्तिष्कलाई मात्रै विकशित गर्ने होइन बौद्धिक विकासको साथै हृदय र भावनाको विकासमा पनि ध्यान दिनु पर्छ ।

हाम्रो समाज, राष्ट्र र बजारको लागि काम लाग्ने गतिलो र उच्च सम्भावना बोकेका दक्ष नागरिक उत्पादन गर्नु आफ्नो र कलेजाको मुख्य जिम्मेवारी रहेको कुरामा उहाँ जोड दिनुहुन्छ । सायम कलेजले आफ्नो जिम्मेवारी र प्रतिबद्धतालाई सार्थक बनाउन सबै हिसाबले लागि परेको छ । यसै सन्दर्भमा तुलाधरसँग सूचनाडबली मासिक पत्रिकाको लागि सन्तोष खड्काले गर्नुभएको कुराकानीः

बिबिए र एमबिए पढ्ने कसरी र पढाउने कसरी ?
पढ्ने कसरी भन्दा जो ब्याचलरको लागि तयार हुनुहन्छ उनीहरुले आफ्नो इच्छाएको विषय लिन सक्नु पर्छ । एमबिए विजनेश होल्डरको मानिसले मात्रै गर्ने कोर्ष होइन । यो इन्जिनियर, व्यापारी सबैले सिक्नुपर्ने, गर्नु पर्ने विषय हो । यसैले हरेक व्यवस्थापकले कुशल व्यवस्थापनको लागि यो विषय पढ्ने हो । कसरी पढ्ने भन्दा सैद्धान्तिक कक्षा त सबै स्कुल कलेजहरुमा हुन्छ नै ।

हाम्रो देशमा जाँचलाई टार्गेट गरेर घोकेर पढ्ने बानी छ । प्रयोगात्मक शैक्षिक प्रणाली हामीकहाँ छैन । यस विषयमा म के भन्छु भने अहिले जतिपनि कलेहरु छन् यसलाई पुलको रुपमा लिन चाहन्छु । एकातिर बजार छ, एर्कातिर विद्यार्थी हुन्छन् । कलेजले बजारको माग अुनसारको प्रयोगात्मक शिक्षा विद्यार्थीहरुलाई दिने हो । हामीले विद्यार्थिलाई दिने प्रयोगात्मक परिक्षा पनि बजारको माग अनुसारको हुने गर्दछ ।

बिबिए र एमबीए पढाई हुने कलेजमा प्रतिस्पर्धा कस्तो छ ?
आजभोली एमबीए पढ्ने कलेज पनि धेरै छन् । बिबिए पढ्ने कलेज पनि धेरै छन् । तर प्रतिस्पर्धा भन्दा पनि हरेक कलेजको आफ्नो–आफ्नो विशेषता छ । यो कलेज राम्रो त्यो नराम्रो भन्ने होइन । सायम कलेजको बारेमा म के भन्छु भने कोही पनि विद्यार्थी यो कलेज पढ्छु भनेर आएपछि उनीहरुले पनि मिहेनत गरेर पढ्नु प¥यो ।

प्रोफेसरको एकल मिहेनतले मात्र विद्यार्थी जान्ने र टप भएर निस्कने होइन । विद्यार्थीको सोच र चाहनालाई कलेजका प्रोफेसरले म्यानेजमेन्ट एजुकशनको बारेमा १०० प्रतिशत दिने हो । सायम कलेज पढेर गएका विद्यार्थीहरु हरेक ठाउँमा स्थापित भएका छन् । दक्षताका साथ कार्यसम्पादन गर्न सक्ने भएका छन् ।

सायम कलेज पढेर गएका विद्यार्थीको प्रतिक्रिया कस्तो पाउनु भएको छ ?
सायम ग्रयाजुयटको प्रतिक्रिया कस्तो छ भन्ने कुरा हामीलआफैँले भन्ने होइन । त्यो गर्ने काम मार्केटले मुल्यांकन गर्छ । तर कुरा के हो भने सायम कलेजमा पढेका विद्यार्थीले जे कलेजमा प्रयोगात्मक शिक्षामा प्रायोग गरेका कामहरु हुन्छन् रोजगारी पाए पछि पनि त्यही काम गर्नु पर्ने र पाउने हुनाले उनीहरुको प्रतिक्रिया चाहिँ सकारात्मक, सिर्जनात्मक र उत्पादनमुलक छ । यस कलेजमा आउने विद्यार्थीहरु आफ्ना दाजुभाइ दिदिबहीनीको रिफ्रेन्ससमा आउने र पढ्ने गरेका छन् ।

नेपालको सन्दर्भमा बौद्धिक मानिसहरु प्राज्ञिक, शैक्षिक क्षेत्रमा लाग्ने प्रचलन अति नै कम छ । यो किन होला ?
अहिले पनि कतिपय मानिसलाई मास्टर गरेपछि कहाँ जना चाहनु हुन्छ भनेर सोध्ने हो भने बैंकमा जागीर खाने इच्छा देखाउँछन । किन भने पछिल्लो समय बैंकिङ क्षेत्रको विकास र विस्तार हुँदै गएको छ । यस क्षेत्रमा पढेलेखेका मानिहरु लागेका छन् ।

यो क्षेत्र राम्रो हुँदै गएको छ । जुन क्षेत्र राम्रो भएको छ त्यता मानिसको झुकाव हुनु राम्रो हो । त्यसैले अबको पुस्ताको सोचाइ परिवर्तन गर्न हामी जस्तो नयाँ पुस्ताले शिक्षा क्षेत्रमा लाग्नु पर्छ र शिक्षा क्षेत्रको पनि विकास गर्ने हो र यस क्षेत्रमा लागेर पनि सहज जिवनयापन गर्न सक्ने वातावरण निर्माण गर्ने सक्ने हो भने अब आउने पुस्ता पनि शिक्षाको क्षेत्रमा लाग्न र यसको विकास गर्न सक्छन् ।

एमबिए पछि धेरैको चाहीँ बैंकमा नै जागिर खानु पर्छ भन्ने मानसिकता छ किन होला ?
नेपालमा अहिले राम्रोसँग विकास हुँदै गएको क्षेत्र भनेका बंैक नै हो । बैंकले अन्य क्षेत्रको भन्दा छोटो समयमा फड्को मार्न सफल भयो र धेरै भन्दा धेरै मानिलाई रोजगार दिन सफल भयो । आफ्ना अभिभावकहरु जुन क्षेत्रमा लागेका छन् उनीहरुले त्यहाँ पाएको सेवा सुविधा र सुरक्षालाई देखेर आफ्ना सन्ततीहरुलाई पनि त्यस तर्फ आकर्षित गर्नु नराम्रो होइन । आफ्नो दाइ दिदी र अभिभावक बैंकमा लागेको र त्यही क्षेत्रमा करियर बनाएको देखेर विद्यार्थीले त्यो चाहना राखेको हुन सक्छ ।

वैदेशिक अध्ययनमा जने विद्यार्थीको संख्या पनि बढीरहेको छ यस बारे के भन्नु हुन्छ ?
पहिलो कारण भनेको हाम्रो विद्यालय क्षेत्रमा भर्खर व्यवसायिकताको सुरुवात हुन थालेको छ । पहिला भन्दा सुधारिएको छ तर पनि अझै सुधार गर्नु आवश्यक छ । एउटा त विदेशमा गएर पढ्दा विद्यर्थीले एक्पोजर पाउँछन् । त्यसैगरी अवसर पनि यहाँ भन्दा विदेशमा धेरै छ ।

अर्को कुरा भनेको पढाउने तरिका एउटै हो तर दुई वर्ष लाग्ने कोर्ष परिक्षा बोर्डको कारण नेपालमा ३ वर्ष लाग्ने गरेको छ । ५ वर्षमा सकिने कोर्ष ७ वर्ष लाग्ने गरेको छ । तर विदेशमा यस्तो हुँदैन । यो कारण पनि विदेशमा गएर पढ्ने विद्यार्थीको संख्या बढेको हुन सक्छ । हाम्रो एजुकेसन सिस्टमलाई हामीले सुधार्न सकेको खण्डमा यो अवस्थामा कमि आउन सक्छ ।

saim_college_

नेपालको सन्र्दभमा एजुकेसन विजनेसको अवसर र चुनौती के छ ?
शिक्षा व्यवसायलाई हामीले व्यवसाय मात्रै नभएर सेवा, एकेडेमीक व्यालेन्स र इथिक्सको रुपमा पनि हेर्नुपर्छ । शिक्षकहरुलाई पढाए वापत निश्चित पारिश्रमिक दिनु पर्छ । पैसाको कारोबार हुन्छ भन्दैमा यो विशुद्ध व्यवसाय मात्र हो भनेर सोच्नु भएन । कुनै समय मन्टेश्वरीको स्कोप ह्वातै बढ्छ, कुनै बेला स्कुलको भने कुनै बेला कलेजको । हामीले बिजनेश ओरियन्टेड भन्दा पनि शैक्षिक मुल्यमान्यतालाई प्राथमिकतामा राख्नु पर्छ । शिक्षा र ज्ञानलाई पैसामा तुलना गर्ने काम हामीले गर्नु हुँदैन ।

नेपाली विद्यार्थीहरुलाई ग्लोबल एक्सपोजर दिन के गर्न सकिन्छ ?
विद्यार्थीहरु विच ग्लोबल कन्फ्रेन्स गर्न सकिन्छ । बाहिरबाट गेष्ट लेक्चरर बोलाएर पढाउन सकिन्छ । अलि लामो समयका लागि स्टुडेन्ट एक्चेन्ज प्रोग्रामहरु गरेर विद्यार्थीलाई केही समयको लागि विदेश पठाउने, भ्रमण गराउन सकिन्छ । हाम्रो देशको व्यापार व्यवसायको तरिका र नेपाल बाहेक चीन, भारत, दूवाई, अमेरिकामा यसरी व्यापार विजनेश गरिन्छ, यो तरिका अपनाइन्छ भन्ने जस्ता कुरा उनीहरुलाई देखाउन र सिकाएर उनीहरुलाई एउटा फरक एक्पोजर दिन सकिन्छ ।

भूमण्डिलीकरण (Globalization)लाई सामना गर्न हामी सक्षम छौँ ?
म चाहीँ तयार छु भन्नु भन्दा पहिले धेरै गर्न बाँकी नै छ भन्न चाहन्छु । यसको सामना गर्ने प्रयास नेपालमा भर्खर सुरुवात भएको छ । पछिको अवस्थालाई हेरेर अहिलेबाट नै त्यस्ता किसिमका समस्या र अवसरलाई सामना गर्न सक्ने वातावरण हामीले तयार गर्न सक्नु पर्छ । पछि हामी सक्षम हुन सक्छौ तर त्यसको तयारी हामी सबै मिलेर अहिलेबाट नै गर्नु पर्छ ।

शिक्षा क्षेत्र विशेष गरी उच्च शिक्षामा मार्केटिङ गर्ने, ब्रान्डिङ गर्ने जनशक्तिको अवस्था कस्तो छ ?
प्रतिस्पर्धी बजारमा कुनै पनि कुराको मार्केटिङ र ब्रान्डिङ हुनु पर्छ । तर शिक्षा क्षेत्रको मार्केटिङ र ब्रान्डिङको तरिका अलि फरक हुन सक्नु पर्छ । विद्यार्थीलाई कुनै पनि स्कुल कलेजको बारेमा जस्तो छ त्यस्तो देखाइदिन सक्नु पर्छ । भन्ने एउटा, गर्ने अर्को काम गर्नु भएन । भनाइ र गराइमा सन्तुलन हुनु पर्छ । ब्रान्डिङ र मार्केटिङ गर्दा स्वस्थ प्रतिस्पर्धा गर्न सकियो भने त्यो राम्रो हो । आखिर विद्यार्थी आफैले पनि त मुल्यांकन गर्न सक्छ नि ।

विश्व शिक्षामा नेपालको स्थान कहाँ नेर छ ?
विश्वमा हेर्ने हो भने विकाशील राष्ट्रको सुचिमा हामी छौँ । तर पनि त्रिभूवन विश्व विद्यालयको गुडविल भने नेपाल बाहीर पनि राम्रो छ । त्यसैगरी पोखरा, पूर्वाञ्चल, काठमाडौं विश्वविद्यालय आइरहेको छ । विदेशी शैक्षिक संस्थासँग, विश्व वरियतालाई तुलना गर्ने हो भने हामी तल नै छौँ । नेपालमा पढेर बाहिर गएर आएका विद्यार्थीको फिडब्याक सुन्ने हो भने नेपालमा हुने पढाइ र बाहिर हुने पढाइमा त्यति धेरै फरक नभएको बताउँछन् ।

विश्वविद्यालयको स्तर उकास्नको लागि हामीले यो क्षेत्रमा लागेका मानिसलाई एक्पोजर दिन सक्नु पर्छ । नेपालमा एमबीए गर्न अनुभव चाहिँदैन । बिबिए गरेर सिधै एमबीए गर्न पाइन्छ । कम्तीमा पनि एमबिए गर्न केही अनुभव चाहिने नीति आउनु जरुरी छ । त्यो भयो भने विद्यार्थीलाई पनि सहज हुन सक्छ । बिबिएमा सैद्धान्तिक पढाइ हुने हो भने एमबीएमा प्रयोगात्मक पढाइ हुने हो । हाम्रो शिक्षा प्रणालीलाई सानै कक्षाबाट सैद्धान्तिक र प्रयोगात्मक बनाउँदै लान सक्नु पर्छ ।

करियरमा सफलताको सुत्रहरु के हुन सक्छ ?
मानिसले डिग्री लिँदैमा उ विद्धान भयो भन्ने होइन । त्यो त एउटा ढोका मात्र हो । त्यसपछि उनीहरुको Social Skill कस्तो छ ? इमोसनल इन्टेलिजेन्ट कस्तो छ ? मानविय व्यवहार गर्ने क्षमता कस्तो छ ? यस्तो कुराले मानिस जीवनमा सफल वा असफल हुन मद्दत पुग्छ ।

सायमको भविष्यको योजना के छ ?
यस कलेजले अझै व्यवस्थापनको विषयमा अरु नयाँ कोर्षहरु भित्र्याउने योजना छ । साँझमा पनि एमबीए पढाउने वातावरण तयार गर्न हामी लागेका छौँ । कति कलेजहरु यस्ता छन् जसले विद्यार्थिको प्रयोगात्मक शिक्षाको लागि सायम सँग सहकार्य गर्नका लागि प्रस्ताव गर्ने अवस्था पनि रहेको छ । प्रयोगात्मक शिक्षालाइै विशेष जोड दिएर अगाडि जाने हाम्रो योजना छ ।  

नेपालमा पढ्ने विद्यार्थीले नेपाली मात्र जान्दा हुन्छ कि अंग्रेजी पनि जान्नु पर्छ ?
नेपाली भाषा हाम्रो राष्ट्रिय भाषा हो । अंग्रेजी भाषा अन्तराष्ट्रिय भाषा हो । विद्वानले पनि भनेका छन् भाषाले कुनै पनि मानिसको विज्ञताको मापन हुँदैन । नेपाली मात्र जानेर पनि हुँदैन र अंग्रजी मात्र जानेर पनि हुँदैन । दुबै भाषा जान्नु आवश्यक छ ।

मेरो आफ्नो कुरा भन्ने हो भने कोही मानिसलाई नेपाली भाषा आउँछ भने उसले अंग्रेजी भाषा सिक्न सक्छ । नेपालमा प्रायः कार्यालयमा प्रयोग हुने भाषा नेपाली हो । नेपाली भाषामा नै निवेदन लेख्ने, अधिकांश पुस्तक तथा पत्रपत्रिका नेपाली भाषामा नै लेखिएको हुन्छ ।

बोलीचालीमा पनि नेपाली नै चल्छ । नेपालमा बसेर नेपाली भाषामा कुराकानी गर्न जति सजिलो हुन्छ अंग्रेजीमात्रै जानेको मानिसले नेपालीमा बोल्न पनि असजिलो महशुस हुन्छ । कतिपय विद्यार्थीको सोच के छ भने ब्याचलर पछि अंग्रेजी मात्रै जान्दा हुन्छ भन्ने कतिपय अंग्रेजी जान्ने विद्यार्थीहरुको धारणा छ त्यो गलत धारणा हो । नेपालीका साथै अंग्रेजी पनि जान्ने हो भने मानिसलाई सजिलो र राम्रो हुन्छ ।

युवाले राजनीति गर्न हुन्छ या हुँदैन ?
यस विषयमा बोल्न म राजनीतिज्ञ त होइन । तर राजनीति गर्ने सोच, भिजन विचार भएका व्यक्ति तथा युवाले राजनीति गर्दा हुन्छ । कोही विद्यार्थीमा राजनीति गर्ने क्षमता छ र उ राजनीतिमा होमीयो भने म विद्यार्थीले नराम्रो ग¥यो भन्दिन । हाम्रो संस्कार के छ भने आफु काम नगर्ने तर अरुले बनाएको नीति नियमलाई भने आरोप प्रत्यारोप लगाउने दोष लगाउने गुनासो गर्ने प्रचलन छ, त्यो अन्त्य हुनु पर्छ ।

सक्नु हुन्छ भने आफु लागेर सिद्धान्त परिवर्तन नीति नियम परिवर्तन गर्न सक्नु पर्छ । होइन भने भएका बनेका नितिनियम भित्र रहेर चल्नु पर्छ । अरुलाई यो नीति यस्तो भएन, उस्तो भएन भनेर गाली गरेर बसेर केही फाइदा छैन ।

नेपालमा महिलाहरुको ससक्तिकरणलाई विकास गर्न के गर्नु पर्छ ?
यो विषयमा परिवर्तनको मुख्य संवाहक भनेको महिला नै हो । ग्रामिण क्षेत्रको तुलनामा शहरी क्षेत्रमा महिला शसक्तिकरण बढी छ । हामी अहिलेसम्म पनि लैंगिक विभेद गरिरहेका छौँ । छोराले कुनै सानो काम गर्दा पनि घरमा सहयोग र हौसला दिने परम्परा छ । तर कुनै छोरी मानिसले सानो काम गर्दा पनि घरमा सहयोग र हौसला दिने प्रचलन छैन । यो धेरै देशको प्रचलन हो । अब यस्तो विभेद अत्य गर्न घरबाट त्यो पनि महिला आमाहरुले नै भूमिका खेल्न सक्ने हो भने त्यसमा पुरुषको साथ त भई नै हाल्छ ।

प्लसटु पास गरेर एमबिए/बीबीए गर्न आउने विद्यार्थीको लागि के सन्देश दिन चाहानु हुन्छ ?
तपाईं जीवनको बाल्यकाल काटेर युवा अवस्थामा आउनु भएको छ । यो समयको राम्रो उपयोग गर्नुस् । बिबिएस पढ्ने भए ४ वर्ष र बीबीए भए ४ वर्ष । यो समय तपाईले जिवनमा लगानी गर्ने समय हो । यो भन्नुको कुरा के हो भने तपाई कुन क्षेत्रमा जान चाहनु हुन्छ त्यसलाई सहयोग गर्ने शिक्षा आर्जन गर्ने निर्णय गर्नु बुद्धिमानी हुन्छ ।

विद्यार्थी दुई कुराले उच्च शिक्षा पढ्न उत्प्रेरित हुन्छ । एउटा भनेको बुवा आमाको इच्छा वा रोजाइको विषय पढ्ने र अर्को भनेको आफुले रोजेको विषय पढ्ने । कोही साथीको लहै–लहैमा लागेर विषय छान्ने विद्यार्थी पनि हुन्छन् । तर विद्यार्थीले आफुले चाहेको विषय पढ्ने हो भने हरेक निर्णय गर्ने र काम गर्ने क्षमता सानो देखि नै विद्यार्थीमा बढेर जान्छ ।

जहाँ विद्यार्थीहरु प्लस टु पछि भर्नाको लागि विभिन्न कलेज छान्दै हिँड्ने प्रचलन छ । त्यो राम्रो हो तर विद्यार्थीले कलेज छान्दा आफुले चाहेको वातावरण त्यो कलेजमा छ या छैन ? कलेजको गुडविल कस्तो छ ? कलेजले विद्यार्थीलाई प्रदान गर्ने शिक्षा प्रणाली कस्तो छ ? प्रयोगात्मक परिक्षाहरु कतिको हुन्छ यी धेरै कुरा हेरेर विद्यार्थीले कलेज छनौट गर्न सकेमा धेरै नै राम्रो हुन्छ ।

सायम कलेजको कुरा गर्ने हो भने यहाँ हुने पढाइ र कोही विद्यार्थी यो कलेज पढ्छु भनेर आउँछ भने उसले सहि निर्णय गरेको म ठान्दछु । विद्यार्थी भाइबहीनीहरुलाई म के भन्न चाहन्छु भने यहाँ आएपछि उनीहरुले चाहेको र खोजेको जस्तो शिक्षा दिन हामी तत्पर छौ, सक्षम छौ ।

sabina-tulathar

मन पर्ने खेल ?
ब्याडमिन्टन

मन पर्ने हिरो ?
अमिताव बच्चन

मन पर्ने नेता ?
सिङगापुरका पूर्व प्रधानमन्त्रि स्व. लि क्विान यु

तपाईंको रोल मोडल ?
मदर टेरेसा

तपाईंको मन पर्ने फिल्म ?
थ्री इडियट
मन पर्ने गित ?
कुन मन्दिरमा जान्छौ यात्री….

मन पर्ने पुस्तक ?
सिङगापुरका पूर्व प्रधानमन्त्रि स्व. लि क्विान युले लेखेको पुस्तक ट्रान्सफरमेशन

मन पर्ने रंग ?
हरियो

मन पर्ने ठाउँ ?
प्राकृतिक सुन्दरता देखिने ठाउँहरु जस्तै पोखरा जहाबाट हामीले हिमाल हेर्न पाउँछौ ।

तपार्इंको रुची ?
पेन्टिङ, किताब पढ्न र गित संगित सुन्न ।

7420
Shares

ट्रेन्डिङ

सम्बन्धित खवर