सबैको समाचार
बुधबार, असार १८, २०८२

२७ सयले घट्यो सुनको मुल्य

1020
Shares
२७ सयले घट्यो सुनको मुल्य

काठमाडौं । बुधबार एकैदिन सुनको भाउ तोलामा २७ सय घटेको छ ।

आज सुनको भाउ प्रतितोला १ लाख ३४ हजार ५ सय रुपैयाँमा झरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । 

चाँदीको मूल्य पनि बुधबार घटेको छ । अघिल्लो दिन तोलाको १ हजार ६५० रुपैयाँ रहेको चाँदी आज १ हजार ६३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

1020
Shares

ट्रेन्डिङ