सबैको समाचार
आइतवार, असार ९, २०८१
  • होमपेज
  • काभ्रेका उद्योगी व्यवसायीहरुको हक हितको संरक्षण र उद्योग व्यवसाय सम्बन्धी विकासको लागि मेरो उमेदवारी : प्रताप वैघ

काभ्रेका उद्योगी व्यवसायीहरुको हक हितको संरक्षण र उद्योग व्यवसाय सम्बन्धी विकासको लागि मेरो उमेदवारी : प्रताप वैघ

280
Shares
काभ्रेका उद्योगी व्यवसायीहरुको हक हितको संरक्षण र उद्योग व्यवसाय सम्बन्धी विकासको लागि मेरो उमेदवारी : प्रताप वैघ

तपाई यसपटक काभ्रे उद्योग वाणिज्य संघको अध्यक्षमा किन उठ्दै हुनुहुन्छ ?
मेरो उमेदवारी काभ्रे जिल्लाभित्र रहेका समग्र उद्योगी व्यवसायीहरुको हक हितको संरक्षण र उद्योग व्यवसाय सम्बन्धी समग्र विकासको लागि मेरो उमेदवारी रहेको छ ।

तपाई २-२ पटक बरिष्ठ उपाध्यक्ष भईसकेर अहिले अध्यक्ष पदको लागी यो चुनावी मैदानमा होमिनु परेको छ खास यो समझदारी हुन नसकेको कारणहरु के देख्नुहुन्छ ?
समझदारीको कारण भनेको बिभिन्न साथीभाई बिच चाँहि मन मिल्नु पर्छ । त्यो हुन सकेन त्यहि कारण चाँहि चुनावी माहोलमा गईरहेका छौं । जेठ १९ गते चाँहि पक्कै चुनाव हुन्छ र समग्र काभे्रका उद्योगी व्यवसायीहरुले मलाई नै अत्याधिक बहुमतले विजयी गराउनुहुन्छ भन्ने मैला आशा गरेको छु ।

यो पटकको अधिवेशनमा प्रताप वैद्य र प्रताप वैद्यको प्यानललाई व्यवसायीहरुले भोट गर्नु पर्ने कारण के हो ?
मेरो बिचारमा काभ्रेका समग्र उद्योगी व्यवसायीहरुको हक, हित, संरक्षण र भोलिको दिनमा कुनै किसिमको आपत विपत पर्दा हाम्रो पनि संघको नेतृत्वले हामीलाई सहयोग गर्ने छ भन्ने आम व्यवसायीहरुलाई विश्वास दिलाउन हामीले जित्नु आवश्यक छ ।

यतिखेर युवाहरु विदेशिने क्रम बढ्दो छ , ति विदेशिने युवाहरुलाई रोक्नको लागि र रोजगारीको अवसर सृजना गर्नको लागि तथा युवा व्यवसायमा आकर्षित गर्ने योजनाहरु तपाईंको टिमसँग के के छन् ?
हाम्रो टिममा पहिले देखिनै योजनाहरु बनिरहेका छन् । अप्रत्याशित रुपमा युवाहरु विदेश पलायन भईरहेको अवस्था छ । जुन युवा वर्गलाई लक्षित गरी व्यवसायमा आकर्षित गर्न र देशमै केहि स्वरोजगार उत्पादन गरौं भन्ने उद्देश्यले हामीले लिएको लक्ष्यहरुमा आम युवा व्यवसायीहरुलाई विभिन्न किसिमको तालिमहरु दिएर आफ्नै गाउँ ठाउँमा उद्यमी बनाउने हाम्रो लक्ष्य छ ।

विगतका केहि वर्षहरु हेर्दा काभ्रे उद्योग वाणिज्य संघ पनि छ र ? यसको नेतृत्व पनि कसैले गरिरहेको छ र ? भन्ने खालको आभाष भईरहेको थियो । भोलिको दिनमा तपाईं अध्यक्ष बनिसकेपछि पनि यसले निरन्तरता पाउँछ कि ?
यो चाँहि विगतको दिनहरुमा काभ्रे उद्योग वाणिज्य संघ के कसरी चल्यो भन्ने मुल्यङ्कन तपाईहरुले गर्ने कुरा हो । आगामी दिनहरुमा हाम्रो नेतृत्वमा काभ्रे उद्योग वाणिज्य संघ कस्तो किसिमले चलायमान भयो भन्ने सवालमा सबैले तारिफ गर्ने किसिमले चलाउने भन्ने हाम्रो कार्ययोजना छ । यसको लागि सर्वप्रथम जिल्लामा रहेका सम्पूर्ण उद्योगी व्यवसायीहरुको ठूलो भेला गरी विशेषज्ञहरुबाट उहाँहरुलाई व्यवसाय कस्तो हुनुपर्छ त ? कस्तो किसिमले जाँदा खेरी आफूलाई सुरक्षीत र सहज हुन्छ भन्ने किसिमले शुसुचित गरेर व्यवसायमा संलग्न गराउने हाम्रो योजना छ ।

अन्त्यमा जेठ १९ गतेको मतदानमा सामेल हुनुहुने मतदाता व्यवसायीहरुलाई के भन्न चाहानुहुन्छ ?
काभ्रे जिल्ला भित्र भएका साना तथा ठूला उद्यमीहरुलाई उचित सहजीकरण तथा संरक्षणका लागि हाम्रो टिमले प्रतिवद्धता गरेको कारण मतदाताहरुमा आगामी जेठ १९ गते हुन गईरहेको काभ्रे उद्योग वाणिज्य संघको चुनावमा म र मेरो टिमलाई अत्याधिक बहुमतले विजयी गराउनहुन म हार्दिक अपिल गर्दछु ।

280
Shares

ट्रेन्डिङ