सबैको समाचार
मङ्लबार, भदौ २, २०८३
  • होमपेज
  • रापअ प्रथम श्रेणीमा मागभन्दा १६६ गुणा बढी आवेदन

रापअ प्रथम श्रेणीमा मागभन्दा १६६ गुणा बढी आवेदन

3925
Shares
रापअ प्रथम श्रेणीमा मागभन्दा १६६ गुणा बढी आवेदन

लोकसेवा आयोगले राजपत्रअनङ्कित प्रथम श्रेणी (नायब सुब्बा) पदमा माग गरेभन्दा करिब १६६ गुणा बढी आवेदन परेको छ । आयोगले माग गरेको चार सय ५८ पदमा ७६ हजार तीन सय ९९ जनाको आवेदन परेको दरखास्त सङ्कलन शाखाका अधिकृत नारायण गौतमले जानकारी गराउनुभयो ।
आयोगले गत पुसको अन्तिम सातादेखि माघ २८ गतेसम्म रापअ प्रथम श्रेणीका विभिन्न समूहका पदमा आवेदन माग गरेको थियो । अनलाइनमार्फत फाराम भरेकामध्ये ६७ हजार आठ ९८ जनाले आयोगमार्फत तथा अन्यले हुलाकमार्फत शुल्क बुझाएको उहाँले जानकारी गराउनुभयो ।
उहाँका अनुसार पाँच विकास क्षेत्रबाट आवेदकले फाराम भरेका थिए । रापअ प्रथम श्रेणी समूहमा नासुका लागि प्रशासन, परराष्ट्र, राजस्व, लेखा र न्यायसेवातर्फ विज्ञापन गरिएको थियो । नासुको यही फागुन २८ गते परीक्षा हँुदैछ । रासस

3925
Shares

ट्रेन्डिङ