सबैको समाचार
शनिबार, माघ १२, २०८१
  • होमपेज
  • ओ. एन.एम नगरसभाबाट पारित गर्न सकियो भने सेवा प्रवाह मजबुद बनाउन सकिन्छ : नगर प्रमुख रामशरण भण्डारी

ओ. एन.एम नगरसभाबाट पारित गर्न सकियो भने सेवा प्रवाह मजबुद बनाउन सकिन्छ : नगर प्रमुख रामशरण भण्डारी

1060
Shares
ओ. एन.एम नगरसभाबाट पारित गर्न सकियो भने सेवा प्रवाह मजबुद बनाउन सकिन्छ : नगर प्रमुख रामशरण भण्डारी

काभ्रेको १३ वटा स्थानीय तह मध्ये एक हो पनौती नगरपालिका । धार्मिक साँस्कृतीक पर्यटकिय विशेषता कायम भएको नगरपालिकाको आउँदो नगरसभाको विषयमा केन्द्रित भएर सबैको समाचारले पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीसँग कुराकानीको संक्षिप्त अंश ।

पनौती नगरपालिकाले कार्यसम्पादन कसरी गरीरहेको छ ?
अहिले पछिल्लो समयमा नगरमा समग्र कार्यसम्पादन सन्तोषजनक अवस्थामा गएको छ । नगरप्रति उत्तरदायी वहन गर्ने क्रममा एक मत भएर हामी अगाडी बढिरहेका छौ । विगतको जस्तो तेरो मेरो भन्ने अवस्था छैन । यहि रुपबाट हामी नगरको समग्र कार्यसम्पादनमा अगाडी बढिराखेका छौं ।

नगर सभा गर्दै हुनुहुन्छ, बजेट ल्याउँदै हुनुहुन्छ के-के कुराहरु प्रथमिकतामा राखेर कसरी अघि बढ्नुभएको छ ?
यस पटक अत्यन्त राम्रो तरिकाले नगरसभा अगाडि बढ्दै छ । विशेषगरी हामीले दिगो लक्ष्य लाई प्राप्त गर्ने हिसावले अगाडी बढिरहेका छौं । यस भित्र हामीले सामाजिक विकासलाई पनि समेट्नुपर्ने हुन्छ ।

शिक्षा, स्वाथ्यलाई पनि समेट्नुपर्छ । कति संघिय बजेट मैले हेरिसक्या छैन । संघिय बजेटमा प्रत्यक्ष समुदायमा जाने, सामाजिक विकासका बजेटहरु काटिएका अवस्था पनि छ । त्यसलाई पनि परिपूर्ति गरेर जानुपर्ने अवस्था छ । हामीले विगत देखि सुरु गरिरहेको एउटा लोकप्रिय कार्यक्रम पनि अगाडी बढाइरहेका छौं ।

त्यस बाहेक खाने पानीको कार्यलाई पनि हामीले अगाडी बढाइराखेका छौं । त्यसलाई पनि निरन्तर लिएर हामी जान्छौं । संघ र स्थानीय तह मिलेरै हामी अगाडी गइराखेका छौं । यहि रुपबाट प्राथमिकताका आधारमा हामीले क्रम तोक्छौं । तोक्ने क्रममा हामीलाई पूर्वाधारको बढी चाप परेको छ । छरिएर रहेको बस्ती र भूगोल अनुसारको पूर्वाधारमा चाप रहेको छ ।

रणनीतिक सडकका कामहरु सम्बोधन भएका छन् । त्यो सम्बोधन हुँदै गर्दा अन्य वडागत रुपबाट वडाका पूर्वाधारका कामहरु अगाडी बढिराखेका छन् । बजेटको केहि आकार घट्ने सम्भावना देखिएको छ । चलु वर्षमा पनि समानिकरणको केहि हिस्साहरु काटिएको अवस्था पनि छ । आगामी वर्षमा पनि यहि रुपले गयो भने काटिने अवस्था पनि आउन सक्छ । यसकारण बजेटको आकार बढाउनु भन्दा बास्तविकतामा आधार गरेर बजेटको आकार बनाउने तयारीमा छौं ।

पहिला बेरुजुको हिसाबले संख्यामा जिल्लाामा पनौती नगरपालिका अलि अगाडी थियो , पछिल्लो समय बेरुजुको घटाउनमा सफलता हाँसिल ग-यो । के कुरामा सुधार गरेर बेरुजु घटाउन सफल हुनुभयो ?

सबैभन्दा पहिला बेरुजु भनेको आन्तरिक सुशासनमा भर पर्ने कुरा हो । जब आन्तरिक सुशासनलाई हामीले सुढृड बनाउँदै गयौं र बेरुजु घट्दै गयो । यसले आन्तरिक सुशासन मजबुद बन्दै गएको भन्ने अर्थ राख्छ ।

यसलाई निरन्तरता दिएर जानुपर्छ । हामी प्रशासनिक , कार्यक्रमका योजनाहरु तथा अन्य कार्यक्रमहरुलाई चुस्तदुरुस्त समयमै सम्पन्न गर्ने वातावरण बनाएका छौं । अहिले कतिपय संघिय कानुन, प्रदेश कानुनलाई पनि हनाीले पालना गरेर अघि बढिरहेका छौं । अर्को तर्फ उठ्नुपर्ने ।

उठाउनुपर्ने राजस्व सहि रुपबाट हामीले उठाएका छौं । यसकारण बेरुजु कम देखिएको हो । हाम्रो ओ. एन.एम प्रस्ताब भएकोले बिगतमा देखिएका बेरुजुहरु कम देखिएको हो ।

हामीले कार्यपालिका बाट नगरसभामा पेश गर्ने ओ. एन.एम पेश गर्ने भनिसकेका छौं । अगामी नगरसभाको कार्यसुचिमा पनि ओ. एन.एम हामीले राखेका छौं । ओ. एन.एम स्वीकृत भइसकेपछि त्यो एउटा समस्या चाँहि समाधान हुन्छ । वडा तहबाट सेवा प्रवाह गर्ने , पनौती नगर अस्पताल विगत देखि अड्किएर रहेको छ । ओ.एन.एम स्वीकृत भएपछि यसको निर्माण कार्यलाई पनि अगाडी लिएर जाने छौं । यसमा हामी सबै एकमत छौं ।

ओ. एन.एम दुईवटा नगरसभामा प्रस्तुत हुँदै स्थगित हुँदै भएको छ, यसपटक पुन पेश गर्ने भन्नुभएको छ । ओ. एन.एम पारित नहुँदा संस्थागत रुपमा नगरपालिकाले कस्ता क्षतीहरु बेहोरिरहेको छ अथवा यो किन आवस्यक छ ?

यो स्थाीय स्तरमा गठन गर्ने अधिकार संविधानले नै दिएको छ । यो तल्लो सरकार हो । जनताले देख्ने, सुन्ने सरकार हो यसको सेवा प्रवाह चाँहि हाम्रो यहाँको संगठनले गर्छ । हामीले स्थानीय सेवा गठन गर्न सकेमा सेवा प्रवाहमा पनि सहज हुन्छ । त्यस सँगसँगै हाम्रो आन्तरिक सामथ्र्यको आधारमा हामीले संरचना तयार गर्न पर्छ । पारदर्शी प्रशासन, नियूक्ति कामप्रतिको जवाफदेहिताका लागि ओ. एन.एम आवश्यक छ । ओ. एन.एम नगरसभाबाट पास गरी लान सकियो भने सेवा प्रवाह मजबुद बनाउन सकिन्छ । यसको एउटै उद्धेश्य सेवा प्रवाह र पारदर्शी प्रसाशन लाई मजबुद बनाउनुहो ।

३९ वटा सूचकको अधारमा बालमैत्री स्थानीय तह घोषणा भईसकेको पनौती नगरमा पछिल्लो पटक ५१ वटै सूचकहरु पुरा गर्न लागि रहनुभएको छ र पनौती नगरपालिकालाई बालश्रम मुक्त नगरपालिका घोषणा गर्न लागि रहनुभएको छ यो कसरी सम्भव भएको छ ?

२०७८ असार ३० गते पनौती नगर बालमैत्री घोषणा भयो । तत्कालिन अवस्थामा ३९ वटा सूचक थिए । बालश्रममा केहि बोल्या थिएन । निकृष्ट प्रकारका बालश्रम हटाउनपर्छ, बालबालिका सुरक्षित हुनुपर्छ, भनेर आइराखेकोमा हामीले बलश्रम मुक्त बालमैत्री नगर बनाउने लक्ष्को साथ अगाडी बढिरहेका छौं । असार मसान्त सम्मनै हामीले बालश्रम मुक्त बालमैत्री नगर बनाउनपर्छ ।

यसको चुनौतीभन्दा पनि उपदेहता बढी छ । बालबालिका भनेका भोलीका भविष्यहरु हुन । सम्मुनत सामाज निमार्णमा हामीले सुरुबाट नै उहाँहरुलाई लगाउन सकेमा भोली सम्मुनत सामाज तर्फ हामी उन्मुख हुन्छौं । संबिधान ले नै उल्लेख गरेको बाल अधिकारका कुराहरु छन् । बाल सहभागिता, सुरक्षा, विकास, शिक्षा, स्वास्थ्यका कुराहरु छन् ।

यि कुराहरुमा बालबालिकाको पहुँच प¥याउने र समाजिक कृयाकलापमा बाल सहभागितको लागि हामीले सुनिश्चतता गर्न बालश्रम मुक्त बालमैत्री नगर बनाउनपर्छ । बालबालिकाहरु जोखिमा पर्ने धेरै घटनाहरु छन् । जोखिमबाट पनि उन्मुक्ति दिलाउन हामीले पहल गर्नुपर्छ । बालबालिकाले पढाई छोड्ने, जोखिम कामहरुमा जाने, प्रबिक्तिलाई रोक्न बालश्रम मुक्त बालमैत्री नगर घोषणा गर्न अनिवार्य भएकाले हामी लागेका छौं ।

दोश्रो वर्षको अवधि पुरा गरी तेस्रो वर्षमा जनप्रतिनिधिको रुपमा रहनुभएको छ । यो अवधिको मुल्याङकन कसरी गर्नुहुन्छ र आगामी दिनमा कस्ता खालका योजनाहरु प्रस्तुत गर्न चाहानुहुन्छ ?

तीन तहको सरकार भएपछि विकास निर्माणको काममा तीनै तहका सरकार उत्तरदायी हुन्छन् । यो एउटा स्थापित मान्यता पनि हो । संघ र प्रदेशले धेरै कार्यक्रमहरु सुरुमा दिने र पछि हात झिक्ने प्रवित्ती भएकाले हामीले कतिपय कार्यक्रम चाँहि लिएरै जानपर्ने पनि अवस्था छ । यो टिमले देखाउनै नसकेको विकास निर्माण बसपार्क, रंगसाला, पनौती खोपासी सडकको उचित व्यस्थापन हो, आ.व को बजेटमा ती कुराहरु समावेश भइरहेका छन् । बसपार्क, रंगसालाको चाँहि जग्गा धनीसँग विवाद श्रृजना भएकोले त्यो चाँहि छायामा परेको छ ।

अरु चाँहि निरन्तर जान्छ भन्ने आशा छ । यो चालु वर्षमा खानेपानीको क्षेत्रमा हामीले धेरै काम ग¥यौं । बागमती प्रदेश सरकार तत्कालीन खानेपानी मन्त्री तीर्थ लामाज्यूले निक्कै सहयोग गर्नुभएको छ । ७ वटा वडामा खानेपानीको अलि समस्या भएको थियो । त्यसलाई हामीले न्यूनिकरण ग¥यौं । पूर्वाधारको क्षेत्रमा पनि सहकार्यको रुपबाट बजेट बिनियोजन भएमा अझ सहज हुन्छ भन्ने हामीले आशा लिएका छौं । अब त्यो बजेट आएपछि थाहा हुन्छ ।

साँस्कृतिक नगर पनौतीलाई हामीले विश्व सम्पदा सुचीको लागी प्रक्रिया अगाडी बढाइरहेको थियो नगरपालिकाले त्यो प्रक्रिया कहाँ पुगेको छ ?
फीजिकल डकुमेन्ट बनिसक्या छ । मेनेजमेन्ट प्लान र सेक्टरको प्लान बनाउन हामी लागिरहेका छौं ।

अलिकति कानुनी रुपले गर्दा हामीले अहिले अगाडी बढाउन सकेनौं । हाम्रो सार्वजनिक खरिद न्यमावलीले अलिकति आकार बढ्ने र सम्भावीत विज्ञहरु नपर्ने भएकाले हामी पूरातत्व विभागसँग अगाडी बढ्ने लक्ष्य राखेका छौं ।

पनौती नगरको एउटा चाहाना छ । यो छिटै अगाडी बढ्छ । छोटो छोटो समयमा कर्मचारीहरुको अदलीबदलीले गर्दा पनि हाम्रो काम प्रभावित भएको छ । धेरै पटक हामीले समूदायमा पनि छलफल गरिसक्यौं । पुण्यमाता खोलाले अलिकति हामीलाई चुनौती बनाएको छ । यो बजेटमा हामीले सम्बोधन गरेर पुण्यमाता सफाईलाई हामीले विशेष ध्यान दिएका छौं ।

1060
Shares

ट्रेन्डिङ