सबैको समाचार
मङ्लबार, असार ३०, २०८३
  • होमपेज
  • सुन तस्करीः बर्षमान पुनःका बिश्वास पात्र भण्डारीसँग सिआइबीले लियो बयान

सुन तस्करीः बर्षमान पुनःका बिश्वास पात्र भण्डारीसँग सिआइबीले लियो बयान

1870
Shares
सुन तस्करीः बर्षमान पुनःका बिश्वास पात्र भण्डारीसँग सिआइबीले लियो बयान

काठमाडौं :- सुन तस्करी प्रकरणमा नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुनका बिश्वास पात्र भीमकान्त भण्डारीसँग सोधपुछ गरिएको छ । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले हिजो उनलाई कार्यालयमा बोलाएर सोधपुछ गरेको हो । बिध ल्याबका सञ्चालकसमेत रहेका भण्डारी माओवादीका पुर्व मन्त्री पुनका बिश्वास पात्र मानिन्छन् ।

कोरोना कालमा अस्वभाविक सम्पत्ति आर्जन गरेको देखे पछि अख्तियार र सम्पत्ति शुद्धीकरण मुद्धा समेत खेपीरहेका भण्डारीको हालै भईरहेको सुन तस्करी प्रकरणमा पनि संलग्नता पुष्टी हुने आधार देखा परे पछि सिआइबीले उनलाई कार्यालयमा बोलाएर सोधपुछ गरेको हो । नायबसुब्बा मात्रै रहेका भण्डारीले माओवादीका अर्थ मन्त्री पुनसहित पुर्व मन्त्री कृष्णबहादुर महरा, सामान्य प्रशासनमन्त्री हितराज पाण्डे र समाज कल्याणमन्त्री आशा कोइरालाको सचिवालयमा कार्य गरेका थिए ।

सरकारी कर्मचारी भए पनि माओवादीका प्रभावशाली मन्त्रीको सचिवालयमा कार्य गरेकाे भण्डारीले छाेटाे समयमा नै अस्वभाविक आम्दानी गरे पछि हाल उनीबिरुद्ध बिशेष अदालतमा मुद्धा दर्ता गरिएकाे छ । उनकाे सम्पति राेक्का गरी मुद्दा चलाइरहेकाे बेला हालै भएकाे ६० केजी सुन तस्करी प्रकरणामा अस्वभाविक संलग्नता देखा परे पछि प्रहरीले हिजाे बाेलाएर साेधपुछ गरेकाे हाे । बयान नसकिए पछि साेमवार पनि थप बयान हुने जनाइएकाे छ ।

1870
Shares

ट्रेन्डिङ