सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामे क्षेत्रको बाढीमा फसेका छ जनाको उद्धार गरिएको छ ।
एक जना बेपत्ता भएको आशंका छ । दिउँसो अचानक आएको बाढीले १६ वटा घर बगाएको छ । त्यस्तै, एउटा विद्यालय, एउटा क्लिनिक र एउटा होटल पूर्ण रुपमा क्षति भएको सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डे (खत्री) ले जानकारी दिइन् ।
प्रजिअ पाण्डेले बिजुली र नेटवर्कको समस्या हुँदा घटनास्थलको यथास्थितिबारे जानकारी लिन कठिन भइरहेको पनि बताइन् । हिमपहिरोले ताल बगाएको आशंका छ ।
हेलिकोप्टर व्यवस्थापन गरिए पनि खराब मौसमको कारण धेरै उडान गर्न नसकिएको बताइन्छ । ‘ताल र हिमाल बाढी आएको बस्तीभन्दा धेरै माथि छ ।