सबैको समाचार
शुक्रबार, साउन ३०, २०७७
  • होमपेज
  • न्युजिल्यान्डकी प्रधानमन्त्री खुसीले नाचिन्, कोरोनामुक्त भयो देश

न्युजिल्यान्डकी प्रधानमन्त्री खुसीले नाचिन्, कोरोनामुक्त भयो देश

न्युजिल्यान्डकी  प्रधानमन्त्री  खुसीले नाचिन्, कोरोनामुक्त भयो देश

हालका लागि न्युजिल्यान्ड कोरोनामुक्त देश बनेको छ । न यहाँ अब कोही व्यक्तिमा सक्रिय संक्रमण छ, न त नयाँ संक्रमित नै देखा परेका छन् । जब यो समाचार न्युजिल्यान्डकी प्रधानमन्त्री जाकिन्डा अर्डेनको कानमा प¥यो । तब, खुसीले नाचिन् र कान्छी छोरी निभीले पनि आमालाई साथ दिइन् । सरकारी टेलिभिजनमा जाकिन्डाले आफ्नो अनुभव शेयर गरेकी हुन् । ३९ वर्षीय जाकिन्डालाई विश्वका उदाहरणीय युवा प्रधानमन्त्रीका रुपमा लिइन्छ ।

न्युजिल्यान्डमा कुल ११ सय ५४ जनामा कोभिड–१९ देखिएकोमा २२ जनाले ज्यान गुमाए भने ११ सय ३२ जना निको भए । त्यसैले यो देशले कोरोना भाइरसबाट अहिलेका लागि मुक्त छ । न्युजिल्यान्डको स्वास्थ मन्त्रालयले सोमबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार पछिल्ला १७ दिनदेखि नयाँ संक्रमण देखिएको छैन । सक्रिय संक्रमित पनि छैनन् ।

न्युजिल्यान्डले कोरोना भाइरस संक्रमणपछि देशमा कडाई गरेको थियो, जसले उसको सफलतामा ठूलो भूमिका खेल्यो । त्यस्तै, परीक्षणलाई सहज बनाइयो र वृहद रुपमा कन्ट्याक्ट ट्रेसिङ गरियो । जसकारण महामारी नियन्त्रणमा आयो ।

न्युजिल्यान्डले सोमबारै कोरोना भाइरसका कारण सिर्जित कडा नियम खुकुलो गर्ने घोषणा पनि गरेको छ । नियम खुकुलो गरिएपनि बिरामीलाई घरमै बस्न भनिएको छ । उच्चस्तरको सरसफाई कायम राख्न र उनीहरु कहीं घुमिहालेमा त्यसको रेकर्ड राख्न पनि भनिएको छ ।

यहाँको सीमाक्षेत्र सबै गैरनागरिकका लागि बन्द छ । यद्यपी, अस्टे«लियासँगको सीमाक्षेत्र खोल्ने विषयमा भने दुई देशीय छलफल चलिरहेको छ । अस्ट्रेलियामा पनि महामारी धेरै हदसम्म नियन्त्रणमा आइसकेको छ र कडाई खुकुलो गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका