नेपाल पर्यटन वर्ष २०२० लाई लक्षित काठमाडौंका होर्डिङ बोर्ड हटाउन सुरु
काठमाडौं , पुष , १२ , काठमाडौं महानगरपालिकाले विभिन्न ठाउँमा राखिएको होर्डिङ बोर्ड हटाउन सुरु गरेको छ। महानगरले शुक्रबारदेखि नगर प्रहरी परिचालन गरेर होर्डिङ हटाउन थालेको हो। शुक्रबार माइतीघर, बिजुलीबजार, नयाँबानेश्वर, तीनकुने, सोह्रखुट्टेलगायतको क्षेत्रका होर्डिङ बोर्ड हटाइएको महानगर प्रहरी शाखाका प्रमुख धनपति सापकोटाले जानकारी दिए। भित्तेलेखनलगायत सहरी दृश्यमा प्रदूषण हुने गरी प्रचार सामग्री हटाउने कामलाई महानगरले […]