सबैको समाचार
बुधबार, बैशाख ५, २०८१
  • होमपेज
  • पत्रकारहरु सङ्ग सुमधुर सम्बन्ध राख्दै आईरहेको छु :प्रमुख जिल्ला अधिकारी पर्सा

पत्रकारहरु सङ्ग सुमधुर सम्बन्ध राख्दै आईरहेको छु :प्रमुख जिल्ला अधिकारी पर्सा

4185
Shares
पत्रकारहरु सङ्ग सुमधुर सम्बन्ध राख्दै आईरहेको छु   :प्रमुख जिल्ला अधिकारी पर्सा

सुनिल श्रेष्ठ ,

पर्सा  , पौष  , १४ ,    जिल्ला प्रशासन कार्यालय पर्साले सोमबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेको थियो ।पर्सा जिल्लामा आउनु भएका नया प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले पर्साका पत्रकारहरु सङ्ग परिचात्मक र भेटघाट गर्नु भएको थियो ।नया आउनु भएको प्रमुख जिल्ला अधिकारी यस अधि चितवन जिल्लामा प्रमुख जिल्ला अधिकारी हुनु हुन्थ्यो ।

आफु जुन जिल्ला गएता पनि पत्रकारहरु सङ्ग सुमधुर सम्बन्ध राख्दै आईरहेको र आफु रहुन्जेल कार्यालयमा हुने सबै किसिमका काम पार्दर्शिता , सुशासन र कार्यालयमा आउने सेवाग्राहीहरुलाई अनुभुति हुने खालको कार्य गर्ने , शान्ति सुरक्षा , चोरी – पैठारी , बलात्कारका घटनाहरु , तस्करीहरुलाई नियन्त्रण गर्ने मुख्य उदेश्य रहेको पत्रकार भेटघाटमा प्रमुख जिल्ला अधिकारीले जानकारी गराउनु भएको थियो ।

भेट्घाट कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी ललित कुमार बस्नेत , नेपाल पत्रकार महासघ प्रदेश न.२ का अध्यक्ष दिपेन्द्र चौहान , सदस्य जगत राई , नेपाल पत्रकार महासघ पर्साका अध्यक्ष श्याम बन्जरा , सचीव युवराज खड्का , प्रेस संगठन नेपाल पर्साका संयोजक निरज पिठाकोटे मगर , प्रेस युनियन पर्साका अध्यक्ष रामनारायण कुर्मी , प्रेस संगठनका सल्लाहकार महेश दास , मदेशी पत्रकार सघ पर्साका अध्यक्ष मनोज पटेल , नेपाल आदिवासी जनजाति पत्रकार महासघ ( फोनिज)पर्साका कार्यवाहक अध्यक्ष अजित कुमार भुजेल , रेडियो बिरगंजका निर्देशक धुर्व साह , सर्वराष्ट्रिय दैनिकका सम्पादक महेश गौतम , नागरिक दैनिकका पर्सा सम्बादाता रितेश त्रिपाठी , राजधानी दैनीक पत्रिकाका पर्सा सम्बादाता तुलसी भन्डारी , नेपाल टेलिभिजन पर्साका सम्बादाता नेहाल खान , भोजपुरी टाईम्स दैनिकका प्रकाशक अजय चौरसिया , बिरगंज न्युज २४ दैनीक पत्रिकाका प्रकाशक अखिलेश साह , प्रहारडेलि अन्लाईनका राहुल गुप्ता , नरेश सरार्फ , सुरेश बिडारी , अलि नजर साप्ताहिकका प्रकाशक एवं सम्पादक ग्यासुमिया देवान , माउन्टेन टेलिभिजनका नितेश कर्ण, अन्कुस दैनिकका संतोषमान रन्जितकार , श्रीराम रायमाझी , सफल खतिवडा लगायतकाको सहभागिता रहेको थियो ।

4185
Shares

ट्रेन्डिङ