सबैको समाचार
शनिबार, भदौ ६, २०८३
  • होमपेज
  • रुखले किचेर एक वृद्धाको मृत्यु

रुखले किचेर एक वृद्धाको मृत्यु

6510
Shares
रुखले किचेर एक वृद्धाको मृत्यु

ताप्लेजुङ , पुष , ११ ,   सडक निर्माणका क्रममा ढलेको रुखले किचेर ताप्लेजुङमा एक वृद्धाको मृत्यु भएको छ। सिरिजंघा गाउँपालिका(२ आम्बेगुदिनका ६० वर्षीया पदममाया खड्काको मृत्यु भएको छ।

हप्पुखोला–तेल्लोक सडक निर्माण मोटरबाटो निर्माणका क्रममा ढलेको रुखले किच्दा स्थानीय खड्काको घटनास्थलमा नै ज्यान गएको आम्बेगुदिन प्रहरी चौकी चौकीका असई गोपीलाल लिम्बूले जानकारी दिए।

बिहीबार दिउँसो घर नजिक रहेर मेसिनले बाटो बनाएको हेरिरहेकी वृद्धलाई अचानक ढलेको रुखले किचेको थियो। मेसिन भन्दा झण्डै ५ मिटर पर रहेकोे सुकेको रुख मेसिनको भाइब्रेसनका कारण अचानक ढलेको हुन सक्ने प्रहरीको अनुमान छ।

6510
Shares

ट्रेन्डिङ