सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१

आज विश्व क्यासर दिवस

6450
Shares
आज विश्व क्यासर दिवस

आज फ्रेब्रअरी ४ अर्थात विश्व क्यान्सर दिवस, अन्धविश्वासमा नबसौं भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । नेपालमा ६० हजार जनालाई क्यान्सर लागेको अनुमान गरिएको छ नेपालमा क्यान्सरबाट प्रत्येक वर्ष २० हजार भन्दा बढीको मृत्यु हुने गरेको छ । वातावरण र खानापानमा उचित ध्यान नदिँदा विरामी बढ्दै बरिष्ठ क्यान्स रोग विशेषज्ञहरुको ठम्याई रहेको छ ।
क्यान्सर रोग एउटा खतरनाक रोग हो । यो रोग लागेका प्रायः विरामीको उपचार संभव हुँदैन भन्ने मानिसहरुको सोचका कारण मानिसहरु अन्धविश्वास रहेको पाइन्छ । त्यसले गर्दा यस वर्षको नारा नै अन्धविश्वासमा नबसौं भन्ने रहेको छ । क्यान्सर रोगको संक्रमण हुने वा भएको थाहा पाउने बितिकै उपचार गराए निको हुने सम्बन्धित चिकित्सकको दावी छ ।
मानिसमा लाग्ने हुने गरेको विभिन्न क्यान्सर रोगहरु मध्ये झण्डै ३० प्रतिशत क्यान्सर रोगको रोकथाम वा उपचार गर्न सकिने तथ्य अनुरुप क्यान्सरको रोकथाम , पहिचान र उपचारमा जनचेतना जगाउने उद्धेश्यले विश्वभरी नै दिवसको अवसरमा वषैनी विभिन्न कार्यक्रम गरि जनचेतना फैलाउने कार्य गरिदै आएको छ ।
खानपानमा ध्यान पुर्‍याए क्यान्सर लाग्ने जोखिम ४० प्रतिशतले कम हुने साथै नेपालमा सुर्तीजन्य वस्तुको सेवनका कारण पनि हरेक वर्ष क्यान्सरका विरामी बढ्दै गएको वरिष्ठ क्यान्सर रोग विशेषज्ञहरु बताउदै आएका छन् ।
नेपालमा पछिल्लो समय किशोरीहरुमा पनि स्तन क्यान्सरको समस्या बढ्दै गएको छ । यसको बारेमा सचेत नहुँदा आउँदा वर्षमा यसको जोखिम थप बढ्दै जाने अनुमान गरिएको छ । धुमपान, मद्यपान नगरे तथा भुटेको, तारेको र चिल्लो खानेकुरा नखाई दैनिक व्यायाम गरे क्यान्सरको जोखिम कम हुने चिकित्सकहरु बताउछन्
सन् २००५ देखि २०१५ सम्ममा क्यान्सरका कारण विश्वमा ८ करोड ४० लाख मानिसको ज्यान जाने चेतावनी विश्व स्वास्थ्य संगठनले यसअघिनै दिइसकेको छ । डब्लु एस ओ का अनुसार विश्वमा क्यान्सरका कारण सन् २०१२ मा मात्र ८२ लाख जनाले ज्यान गुमाए । क्यान्सरबाट ज्यान गुमाउने मध्ये ६० प्रतिशत मानिस एसिया, अफ्रिका तथा मध्य र दक्षिण अमेरिकाका हुने गरेका छन् ।
अमेरिकाको क्यान्सर सोसाइटीको एक तथ्यांक अनुसार वर्षेनी विश्वभरी १ करोड २० लाख भन्दा बढि व्यक्तिलाई क्यान्सर रोग लाग्छ र ७६ लाख व्यक्तिको यही रोगका कारण ज्यान जाने गर्छ । साथै क्यान्सर रोगकै कारण प्रतिदिन २० हजार जनाको मृत्यु हुनेगर्छ । क्यान्सर अर्थात अर्वुद रोग आधुनिक औषधि विज्ञानका लागि समेत चुनौतीको विषय बनेको छ । मुटु तथा नसा रोग पछि मानिसको ज्यानै लिने दोश्रो भयानक रोगको रुपमा क्यान्सर रहेको छ ।
अमेरिकामा प्रतिवर्ष करीब ७५ विलियन डलर क्यान्सरको अनुसन्धानमा खर्च हुने गर्छ र विश्वव्यापी रुपमा खरबौ डलर क्यान्सरको उपचार र अनुसन्धानमा अर्च हुने गर्छ । तर पनि क्यान्सर विरुद्ध उल्लेखनिय उपलब्धी भने हासिल हुन सकेको छैन , यसको मूल कारण भनेको नै क्यान्सर संबन्धी जनचेतना अभिवृद्धीमा ध्यान नपुराउनु नै हो ।
क्यान्सर न त सरुवा रोग नै हो , न त यो कुनै जीवाणुको संक्रमण बाट लाग्छ ।
सरिरमा भएका कोषहरु विभिन्न कारणले अनियन्त्रित रुपमा विभाजन हुन गएपछि ट्युमर हरु बन्दछन् जसलाई क्यान्सर भनिन्छ । सामान्य अवस्थामा काम गरिरहेका सरिरका कोषहरुलाई अनियन्त्रित रुपमा वृद्धी गराउन उत्प्रेरकको भूमिका खेल्ने तत्वहरुलाई कार्सिनोजेन भनिन्छ । तिनै कार्सिनोजेनको कारणबाट सरिरका कोषहरु अनियन्त्रित रुपमा वृद्धी र विभाजन हुन थाल्छन् ।
कार्सिनोजेनहरु के के हुन् ?

  1. सुर्तिजन्य पदार्थहरु
  2. आर्से्निक , निकेल , जस्ता पदार्थहरु
  3. अल्ट्रा भायोलेट विकिरण
  4. वातावरणिय ग्यास तथा ठोस प्रदुषकहरु
  5. छालामा निरन्तर घाउ चोटपटक र अन्य संक्रमण

होसियार बनौ कतै क्यान्सर त भएन ?

  • स्तनमा कडा गिर्खा फेला परेमा
  • लामो समयसम्म खोकी लागिरहेमा र खोकीमा रगत देखिएमा
  • महिनावारीको समयमा धेरै रगत बगेमा
  • लामो समय सम्म घाटी दुखेमा
  • मुसा वा कोठीको आकार तथा रंगमा अचानक परिवर्तन आएमा
  • पेटमा लामो समयसम्म गडबडी भएमा
  • अनपेक्षित रुपमा तौल घटेमा
  • घाउ चोट पटक लामो समयसम्म निको नभएम

मानिसहरुमा क्यान्सरको बारेमा जनचेतनाको अभावले क्यान्सर रोग बोकेर बस्न र अकालमै ज्यान गुमाउन बाध्य छन् । यदि क्यान्सरको बारेमा चेतना हुनेहो भने एकातर्फ क्यान्सर लाग्न नदिन व्यक्ति सचेत हुन्छ , अर्कोतर्फ क्यान्सरको प्रारम्भिक अवस्थामै उपचार गरी अकालमा ज्यान गुमाउन पर्दैन ।
क्यान्सरका रोगीहरु सुगम देखि दुर्गम ठाउमा व्याप्त छन् तर क्यान्सरको उपचार भने त्यति सुलभ छैन । देशभरमा भरतपुर र भक्तपुरमा मात्र सुविधासम्पन्न क्यान्सर अस्पतालको व्यवस्था छ । कुनै कुनै क्यान्सर जस्तै रगतको क्यान्सरको उपचार महंगो हुन्छ जुन अधिकांस नेपालीको लागि असंभव हुन्छ । रकमको अभावमा क्यान्सर बाट ज्यान गुमाउनुपर्ने यो अवस्थाबाट निम्नवर्गका नेपाललीलाई मुक्ति दिलाउन संवन्धित पक्ष गम्भिर हुनुपर्ने देखिन्छ ।
सन् २०२५ सम्ममा नसर्ने रोगबाट हुने अल्पायु मरण २५ प्रतिशतले घटाउने विश्वव्यापी लक्ष्य ‘विश्व क्यान्सर घोषणापत्र सन् २००८’ को प्राप्तिका लागि विश्वस्तरमै विभिन्न खाले प्रयासहरु सुरु भएका छन् । विज्ञहरुका अनुसार क्यान्सरको उपचारमा लगानी गर्नुभन्दा यसको रोगथाममा लगानी गर्नु विश्वका सरकारहरुका लागि निकै सस्तो पर्छ । स्वस्थकर जिवनशैली, सन्तुलित खाना, वातावरणीय स्वच्छताका कारण क्यान्सरको कारकतत्वको रुपमा रहेका ह्युमन प्यापिलोमा भाइरस तथा हेपाटाइटीस भाइरस विरुद्धको खोपको पहुँच सबै मानिसमा पूराउन सकेमा क्यान्सरको प्रकोप निकै कम हुने र यसलाई धेरै हदसम्म रोकथाम गर्न सकिने विज्ञहरु बताउँछन् ।

6450
Shares

ट्रेन्डिङ