सबैको समाचार
शनिबार, भदौ ६, २०८३
  • होमपेज
  • २४ घण्टामै उल्टियो स्वास्थ्य मन्त्रालयको निर्णय, बुस्टर डोज दिने निर्णय स्थगित

२४ घण्टामै उल्टियो स्वास्थ्य मन्त्रालयको निर्णय, बुस्टर डोज दिने निर्णय स्थगित

4825
Shares
२४ घण्टामै उल्टियो स्वास्थ्य मन्त्रालयको निर्णय, बुस्टर डोज दिने निर्णय स्थगित

 

काठमाडौं, २० पुस : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोराना भाइरसविरुद्धको खोपको बुस्टर डोज दिने निर्णय तत्काल स्थगित गरेको छ ।

यसअघि हिजो मात्रै आजदेखि बुस्टर डोज खोप दिने निर्णय गरेको थियो । कतिपय क्षेत्रमा भने आजदेखि बुस्टर डोज पनि दिन थालिएको थियो ।

स्वास्थ्य मन्त्रालयले यसअघि आफैँले गरेको निर्णय २४ घण्टा पुग्न नपाउँदै उल्ट्याएको हो । अब अर्को सूचना जारी नभएसम्मका लागि बुस्टर डोज दिने निर्णय स्थगित भएको हो ।

मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्रले सबै नागरिकलाई कोभिडविरुद्धको पूरा मात्रा खोप दिनु महत्वपूर्ण रहेकाले तत्काल बुस्टर डोज दिने कार्यक्रम स्थगित गरिएको बताइन् ।

अहिले राष्ट्रिय खोप द्रुत गतिमा सञ्चालन गर्न आवश्यक रहेको भन्दै मन्त्रालय तत्काल उक्त निर्णय स्थगित गरेको उनको भनाइ छ । बुस्टर डोजका विषय थप प्राविधिक विषयहरूमा छलफल तथा तयारी गरी आगामी माघ महिनादेखि लगाउन थालिने उनको भनाइ छ ।

यसअघि हिजो दिउँसो बसेको मन्त्रालयको खोप समन्वय तथा अनुगमन समितिको बैठकले बुस्टर डोज दिने निर्णय गरेको थियो ।

सोही आधारमा आज देशभरका अधिकांश खोप केन्द्रमा बुस्टर डोज खोप पनि दिइएको थियो । तर, काठमाडौं उपत्यकाका तिनै जिल्लामा मन्त्रालयबाट ढिलागरी परिपत्र भएपछि खोप लगाउने कार्यक्रम रोकिएको थियो ।

4825
Shares

ट्रेन्डिङ