सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • विद्यार्थीको अश्लील फोटो बनाएर पोष्ट गर्ने शिक्षक पक्राउ

विद्यार्थीको अश्लील फोटो बनाएर पोष्ट गर्ने शिक्षक पक्राउ

1190
Shares
विद्यार्थीको अश्लील फोटो बनाएर पोष्ट गर्ने शिक्षक पक्राउ

भक्तपुर । विद्यार्थीको नक्कली अश्लील फोटो बनाएर सामाजिक सञ्जालमा राखेको आरोपमा भक्तपुरस्थित एक स्कुलका विज्ञान शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ।

विद्यालयकी पूर्वविद्यार्थी अतिरिक्त क्रियाकलापमा सहभागी हुने बेलाका फोटोलाई प्रयोग गरेर उनले अश्लील तस्वीर बनाएको भन्दै पीडितका अभिभावकले साइबर ब्यूरोमा जाहेरी दिएका थिए ।

प्रहरीको साइबर ब्यूरोले विद्यार्थीको फोटोलाई अश्लील तस्वीरसँग जोडेर सामाजिक सञ्जालमा हालेको आरोपमा शिक्षक अतुल प्रजापतीलाई पक्राउ गरेको हो ।

यसरी पीडितलाई बदनाम गर्ने, मानसिक तनाव र दुःख दिएर बेइज्जती गरेको भन्दै प्रजापतिविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अनुसारको कसुरमा कारबाही गर्न माग गरिएको थियो ।

साइबर ब्यूरोले अनुसन्धानपछि उनीविरुद्ध साइबर अपराधको कसुरमा मुद्दा चलाउन भन्दै रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा बुझाएको छ । 

1190
Shares

ट्रेन्डिङ