सबैको समाचार
बुधबार, असार १०, २०८३
  • होमपेज
  • गुडिरहेको एम्बुलेन्सको टायर पड्कियो, चालक घाइते

गुडिरहेको एम्बुलेन्सको टायर पड्कियो, चालक घाइते

625
Shares
गुडिरहेको एम्बुलेन्सको टायर पड्कियो, चालक घाइते

काठमाडौं । सिन्धुलीको सुनकोशी गाउँपालिक–१ डुम्जाबाट बिरामी लिएर काठमाडौं आएको एउटा एम्बुलेन्स दुर्घटनामा परेको छ ।

बिरामीलाई टेकु अस्पताल पुर्‍याएर फर्कने क्रममा काठमाडौंको तीनकुनेमा एम्बुलेन्स टायर पड्केर दुर्घटनामा परेको हो ।

ज १ च १९७६ नम्बरको नेपाल रेडक्रम सोसाइटीको एम्बुलेन्स राति करिब १० बजेको समयमा दुर्घटनामा परेको हो ।

एम्बुलेन्सका चालक दुर्गा कोइराला सामान्य घाइते भएका छन् । प्रहरी वृत्त तीनकुनेको टोली घटनास्थलमा पुगेर थप अनुसन्धान थालेको छ ।

625
Shares

ट्रेन्डिङ