सबैको समाचार
शनिबार, भदौ ६, २०८३
  • होमपेज
  • संयुक्त आत्महत्या सम्बन्धी कानुन बनाउन सर्वोच्चको आदेश

संयुक्त आत्महत्या सम्बन्धी कानुन बनाउन सर्वोच्चको आदेश

1925
Shares
संयुक्त आत्महत्या सम्बन्धी कानुन बनाउन सर्वोच्चको आदेश

दुई वा दुईभन्दा बढी व्यक्ति मिलेर गर्ने संयुक्त आत्महत्यालाई कसूरमा परिभाषित गरी सजाय निर्धारणसम्बन्धी कानुनी व्यवस्था गर्न सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ ।

संयुक्त आत्महत्या (सुसाइड प्याक्ट ) लाई अहिलेको कानुनमा कसुर परिभाषित गरी सजायको व्यवस्था नभएको भन्दै अदालतले संघीय संसद र कानुन मन्त्रालयको ध्यानाकर्षण गराएको हो ।

न्यायाधीशहरु अनिलकुमार सिन्हा र हरि फुयालको इजलासले गरेको फैसलामा  ‘हालको प्रचलित कानुनमा संयुक्त रुपमा गरिने आत्महत्याको कसुर परिभाषित भई सजाय निर्धारण गरेको नदेखिएको हुँदा यस्तो अपराधको परिभाषा र सजायको रिक्तता पूरा गर्ने काम कार्यपालिका र व्यवस्थापिकाको भएकाले कानुन मन्त्रालयलाई ध्यानाकर्षण गराउने ।’उल्लेख गरिएको छ ।

संयुक्त आत्महत्याको प्रयास गरेका प्रेमीप्रेमिकामध्ये एकजना बाँचेपछि चलेको मुद्दाको सुनुवाइका क्रममा सर्वोच्च अदालतले  सामूहिक आत्महत्यालाई कसुर निर्धारण गरी सजायको व्यवस्थ ागर्न आदेश दिएको हो ।

1925
Shares

ट्रेन्डिङ