सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • चितवनको इनारमा भेटियो शव ,जेसीज महाधिवेशनमा गएका काभ्रे बनेपा का युवा हुन सक्ने आशन्का

चितवनको इनारमा भेटियो शव ,जेसीज महाधिवेशनमा गएका काभ्रे बनेपा का युवा हुन सक्ने आशन्का

7145
Shares
चितवनको इनारमा भेटियो शव ,जेसीज महाधिवेशनमा गएका काभ्रे बनेपा का युवा हुन सक्ने आशन्का

चितवन , पुस ,  १४ , नेपाल जेसीजको महाधिवेशनमा आएका एक युवा चितवनमा मृत भेटिएका छन् । पूर्वीचितवनको रत्ननगरमा भएको जेसीजको महाधिवेशनमा सहभागि भएका युवा रत्ननगर–९ स्थित मोहना नहर चोक नजिकै रहेको इनारमा मृत भेटिएका हुन् ।

इलाका प्रहरी कार्यालय टाँडीका अनुसार जेसीज महाधिवेशनबाट हराइ रहेका काभ्रेको बनेपा नगरपालिका–७ का २४ वर्षीय कृष्ण कुमार मानन्धरको  शव हुन सक्ने आशंका गरिएको छ । इनारमा भित्र शव रहेकाले मृतकको अनुहार देखिएको छैन । अहिले शव निकाल्ने प्रयास भइरहेको छ । यही पुस ११ गतेदेखि मानन्धर हराइ रहेका थिए । शव मानन्धरको  हो या हैन भन्ने एकिन भने हुन सकेको छैन  ।

7145
Shares

ट्रेन्डिङ