राज्यमन्त्री खड्काद्वारा सुन्दरीजल पानी प्रशोधन केन्द्रको निरीक्षण
खानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्काले मेलम्ची खानेपानी आयोजनाद्वारा निर्माण गरिएको सुन्दरीजल पानी प्रशोधन केन्द्रको निरीक्षण गर्नुभएको छ । कामको प्रगति हेर्न आज बिहान राज्यमन्त्री खड्का, मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायलगायतको टोली सुन्दरीजल पुगेको हो । उक्त टोलीले मेलम्चीको पानी वितरण गर्न निर्माण गरिएको पानीपोखरी, महाङ्काल चौर, आरुबारीमा रहेको खानेपानी ट्याङ्कीको समेत निरीक्षण गरेको छ । […]