सबैको समाचार
आइतवार, भदौ २८, २०८३
  • होमपेज
  • हिमाल बचत को साधारण सभा सम्पन्न

हिमाल बचत को साधारण सभा सम्पन्न

5660
Shares
हिमाल बचत को साधारण सभा सम्पन्न

सुनिल श्रेष्ठ , वीरगंज , ८ ,पुस ,      श्री हिमाल बचत ऋण सहकारी संस्थाको १२ औं साधारण सभा सोमबार वीरगंजस्थित होटेल भिस्वामा सम्पन्न भएको छ ।

सो साधारण सभा हिमाल बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष तथा नेशनल मेडिकल कलेजका चिकित्सक डाइरेक्टर डा. साबिया यास्मिनको सभापतित्वमा सम्पन्न भएको हो ।

कार्यक्रमको प्रमुख अतिथि नेशनल मेडिकल कलेजका चेयरमैन डा. जैनुद्दिन अंसारी रहनु भएको थियो । डा. अंसारीले पानसमा द्विप प्रज्वलित गरी कार्यक्रमको समुद्घाटन गर्दै हिमाल बचत तथा ऋण सहकारी संस्थाको उत्तरोतर प्रगतिको कामना समेत गरेका थिए ।

कार्यक्रममा नेशनल मेडिकल कलेजका एमडी एवं एमाले पार्टीका नेता नेपाल प्राइभेट मेडिकल कलेज एशोसिएसनका राष्ट्रिय अध्यक्ष डा. बसरुद्दिन अंसारी, लालीगुराँस सहकारी संस्थाका अध्यक्ष हरेराम पटेल, जिल्ला बचत तथा ऋण सहकारीका अध्यक्ष राजेश पंडित, कोअपरेटिभ मैनेजर्स क्लब पर्साका अध्यक्ष जिस्नु बराल लगायत संचारकर्मी र भद्रभलादमीको उपस्थिती रहेको थियो ।

5660
Shares

ट्रेन्डिङ