नेपाल प्रहरी प्रमुखमा डिआइजी नवराज सिलवाल र सशस्त्र प्रहरीको प्रमुखमा एआइजी सिंहबहादुर श्रेष्ठ आइजीपी बन्ने लगभग निश्चित नै भएको छ । समाचार सुत्र भन्दछः– श्रेष्ठ काँग्रेसको कोटवाट र सिलवाल कम्पुनिष्टहरुको कोटाबाट भागवण्डाको आधारमा आइजीपि बन्ने भएका हुन् ।
यी दुवै संगठनमा आइजीपि पछि १ नम्बरमा छन् । दुवैको क्षमता, कार्य कुशलता र इमान्दारितमा प्रश्न उठाउने ठाउँ छैन । यि दुवै प्रहरी संगठन भ्रष्टाचार र अनियमितितााले थलथलिएको संस्था पनि हो ।
यि दुवै संस्थाका पूर्व आइजीपिहरु अझै मुद्दा खेपीरहेका छन् । यी दुवै प्रहरी संगठनलाई जनताको विश्वास जित्ने र स्वच्छ संगठन बनाउने जिम्मा श्रेष्ठ र सिलवालले पाए संगठनको मुहार फेर्ने आशा सुरक्षा विज्ञहरुको रहेको छ ।
नेपाल प्रहरी डिआइजी नवराज सिलवालका अहिले सम्मका चर्चित काण्डहरुको पर्दाफासले एउटा संकेत गरेको छ कि सिलवाल आइजिपी भए नेपाल प्रहरीको विग्रीएको छवीलाई सुधार गरी लैजाने छन् र प्रहरी जनताको सागी भन्ने नारालाई व्यवहारमा लागु गराउने छन्। एमाले, माओवाली, काँग्रेस र राजावादी सबैको समर्थन पाएका सिलवाल आइजीपि बन्न बसैले रोक्न सक्ने अवस्था छैन ।
सुडान काण्ड, पेट्रेल पम्प काण्ड देखि खरिद काण्ड समेत नेपाल प्रहरी सभै विवादमा आएको छ । भने सशस्त्र प्रहरी पनि खरिद काण्ड पेट्रोल पम्प काण्डमा बदनाम छ । यी सबै कुरालाई सुधार गरी प्रहरी संगठनलाई चुस्त दुस्त र जनतामुखी बनाउने दायित्व अब नयाँ आइजिपीहरुको काँधमा जाने देखिन्छ ।
सशस्त्र प्रहरीका आइजीपि दुर्जकुमार राई र नेपाल प्रहरीका उपेन्द्रकान्त अर्यालले फाल्गुन २ गते अवकास पाउने भएपछि दुवै संगठनमा नयाँ आइजीपिको खाँचो भएको हो ।