सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • सडकमै जीवनयापन गर्ने लाई चिसोबाट जोगिन कम्बल वितरण

सडकमै जीवनयापन गर्ने लाई चिसोबाट जोगिन कम्बल वितरण

3175
Shares
सडकमै जीवनयापन गर्ने लाई  चिसोबाट जोगिन कम्बल वितरण

सुनील श्रेष्ठ , पर्सा  , पुष  , ७ ,  वीरगंजका युवाहरुको एक समूहले बढ्दै गएको चिसो तथा शितलहरमा सडकमै रात बिताउने गरिब असहायहरुलाई पाँचौ दिन शनिबार पनि रातीको समयमा कम्बल वितरण गरेका छन् ।

केहि दिन देखी लगातार बढेको चिसो तथा शीतलहरका कारण आम जनजीवन कष्टकर बन्दै गइरहेको अवस्थामा खुला सडकमै जिवनयापन गरिरहेका असहायहरूलाई कम्बल वितरण गरेर मानवता अहिले पनी जीवीत रहेको सो युवाहरुले बताएका छन् ।

अबेर रात्रीसम्म पनी स्वयम् आफनो स्वास्थ्यको ख्याल नगरी खुला सडकमै रात्री जिवन बिताईरहेका आज पाचौँ दिन सम्ममा ३३ जना असहायहरूलाई न्यानो प्रदान गर्न कम्बल वितरण गरिएको समाजवादी विधार्थी युनियनका केंद्रीय युवा नेता निखिल बर्णवालले जानकारी दिए ।

चिसोमा खुला सडकमा कसैले ज्यान गुमाउनु नपरोस भनेर अभियान चलाएरै रात्रीको समयमा वीरगंजका विभिन्न ठाउँहरूमा पुगेर चिसोबाट बच्न कम्बल वितरण गरिरहेको उनीहरुको भनाई रहेको छ ।

3175
Shares

ट्रेन्डिङ