सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • विप्लव समूहद्वारा गाउँपालिका अध्यक्ष दम्पतीको अपहरण

विप्लव समूहद्वारा गाउँपालिका अध्यक्ष दम्पतीको अपहरण

4105
Shares
विप्लव समूहद्वारा गाउँपालिका अध्यक्ष दम्पतीको अपहरण

दैलेख पुष  , ६ ,  प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले दैलेखको ठाटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीलाई अपहरण गरेका छन् ।

वडा नम्बर–२ को श्रीपाटास्थित आफ्नै घरबाट शाहीलाई गए राति साढे १२ बजेतिर आएको झण्डै १५ जनाको समूहमा रहेका विप्लव कार्यकर्ताले अज्ञात स्थलतर्फ लगेको उनका भाइ हस्त शाहीले जानकारी दिएका छन् ।

समूहमा आएका उनीहरुले आफूहरु नेकपाका कार्यकर्ता भएको बताएको शाहीले जानकारी दिएका छन् । अध्यक्ष शाहीसँगै श्रीमती लिला शाहीलाई पनि उक्त समूहले लिएर गएको छ । सोधपुछ छ भन्दै अध्यक्ष शाहीलाई लिएर गएको भाइ हस्तले बताएका छन् । उक्त समूहले भाइ हस्त शाहीलाई पनि आधाबाटोसम्म लिएर साढे १ बजेतिर छोडिदिएको उनले बताएका छन् ।

यता जिल्ला प्रहरी कार्यालय दैलेखले उक्त घटना जानकारीमा आए पनि पुष्टि भइनसकेको जनाएको छ । घटनाबारे सामान्य जानकारी आएको तर, पुष्टि हुन बाँकी रहेको बताउँदै दैलेखका डिएसपी हरिबहादुर ओलीले भने, ‘घटना अनुसन्धान थालिसकेका छौं ।’

4105
Shares

ट्रेन्डिङ