सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • गणतन्त्र दिवस र्याली तथा सास्कृतिक कार्यक्रम सम्पन्न

गणतन्त्र दिवस र्याली तथा सास्कृतिक कार्यक्रम सम्पन्न

5110
Shares
गणतन्त्र दिवस र्याली तथा सास्कृतिक कार्यक्रम सम्पन्न

सनम सुवाल ,काभ्रे ,जेष्ठ,१६ ; काभ्रेको मण्डनदेउपुर नगरपालिकाले गणतन्त्र दिवसको अवसर पारि विभिन्न सस्कृती झल्कने बाजा गाजा सहितको र्याली समेत गरि कुन्ता बजारलाई परिक्रमा गरि सभामा परिणत भई ११ औ गणतन्त्र दिवस मनाएको छ l कार्यक्रममा गणतन्त्र दिवसको शुभकामना आदान प्रदान गर्नुका साथै गणतन्त्र आउनुमा जनता र सहिद का त्यागलाई स्मरण पनि गर्दै नगरकि उप प्रमुख निर्मला साहीले स्वागत मन्तब्य राख्दै इतिहासलाई पल्टाएर हेर्दा लामो समय सम्म निरङ्कुश शासक हरुले शासन गरेका थिए l

 

नेपाली जनता हरुले आफ्नो हक हितका लागि संघर्ष गरेर त्यो शासन ब्यबस्थालाई पल्टाएर गणतन्त्र प्राप्त गरेको उनले बताएकी थीईन l कार्यक्रममा क्रमश नेपालि कांग्रेसका नेता रामहरी अधिकारी ,नेकपाका नेता रिता ढकाल,नेपाली कांग्रेस काभ्रेका उप सभापति अचुत पौडेल,नेकपाका नेता बिदुर सापकोटा लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए l

 

 

कार्यक्रममा नगरका कर्मचारी ,नगरवासी ,जनप्रतिनिधि,समाजसेवी,विधार्थी ,पत्रकार लगायतको बाक्लो उपस्थिति रहेको थियो lकार्यक्रमका सभापति,नगरका प्रमुख तथा नेकपा काभ्रेका सचिब टोप बहादुर वाईबा ले शुभकामना मन्तब्य ब्यक्त गर्दै आफुले नगरमा गरेका कामहरु स्मरण गरे र भने हाम्रो नगरमा शिक्षा र स्वास्थ्यको क्रमिकरुपमा विकास भएको र नगरले शिक्षा र स्वास्थ्य लाई प्राथमिकतामा राखेको पनि उनले वताए l

5110
Shares

ट्रेन्डिङ