चार प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं । हाल देशभरि मनसुनको प्रभाव छ। मनसुनको न्यूनचापीय रेखा सरदर भन्दा दक्षिणतिर अवस्थित रहेको छ। बुधबार बिहान कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न भूभागहरूमा वर्षा भइरहेको छ। बुधबार दिउँसो देशभर साधारणतया बदली रहनेछ। दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी पहाडी र तराई भू-भागका थोरै […]