सबैको समाचार
बुधबार, असार १०, २०८३
  • होमपेज
  • असोज १ गतेदेखि बिपी राजमार्ग २४सै घण्टा सञ्चालन हुने

असोज १ गतेदेखि बिपी राजमार्ग २४सै घण्टा सञ्चालन हुने

385
Shares
असोज १ गतेदेखि बिपी राजमार्ग २४सै घण्टा सञ्चालन हुने

काभ्रेपलाञ्चोक । लगातारको वर्षाका कारण पहिरो, सडक भासिनेजस्ता जोखिम बढेपछि राति बन्द हुँदै आएको विपि राजमार्ग अन्तर्गत काभ्रे खण्ड अब असोज १ गतेदेखि २४ सै घण्टा खुल्ने भएको छ ।

काभ्रेपलाञ्चोकको जिल्ला प्रशासन कार्यालयले सोमबार सार्वजनिक गरेको सूचनाअनुसार विगतमा सवारी साधनको सुरक्षाका लागि राति ८ बजेदेखि बिहान ५ बजेसम्म निषेध गरिएको आवतजावत अब पूर्ण रूपमा खुला गर्ने निर्णय गरेको हो ।

वर्षायाममा कमजोर भौगोलिक अवस्था र निरन्तरको अवरोधका कारण यात्रुहरूलाई ठूलो असुविधा हुँदै आएको भन्दै अब दसैं–तिहारलगायत चाडपर्वमा सहज आवागमन सुनिश्चित गर्न असोज १ गतेदेखि विपि राजमार्गको धुलिखेल – काभ्रेभञ्ज्याङ् (भकुण्डेबेसी) हुँदै सिन्धुलीतर्फ जाने र काठमाडौं–काभ्रे खण्डतर्फ आउने सबै सवारी साधनलाई २४ सै घण्टा चल्न दिने निर्णय भएको प्रशासनले जनाएको छ ।

जिल्ला सुरक्षा समितिको २०८२ भदौ ३० गते बसेको बैठकले राजमार्ग पूर्णरूपमा खुला गर्ने निर्णय गरेपछि अब उक्त खण्डमा यात्रु तथा मालसामान ढुवानीमा सहजता हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले यात्रुको सुरक्षा सुनिश्चित गर्न आवश्यक पूर्वाधार र संयन्त्र तयारीमै रहने जानकारी दिनु भएको छ।

385
Shares

ट्रेन्डिङ