सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०

साउनी को छोरी !

6965
Shares
साउनी को छोरी !

मीठो नभए पनि मीठो मानेर खानुस है बाबुझ खानाको प्लेट मेरो अगाडि राख्दै होटेलको साउनि बोलिन । मैले हवस भन्दै खाना आफू तिर ताने,  लगातार ४र५ गाँस मुखमा हालेपछी मैले सोधेँ ञअन्टि बुनु अचेल यता आँउदिनन ?झ ग्राहाकले दिएको पैसा कटाएर चानचुब फिर्ता गर्दै साउनी  बोलिन  ञकिन आउनु पर्यो त त्यो राक्षसनि ! हेर्नुस बाबु त्यो मुर्दारनिको त मलाई अनुहार पनि सम्झिन मन छैन !झ साउनीले एकै पटक आफ्नो रिसको पारो माथी चढाइन त्यसपछि मलाई अरु कुरा सोध्न मन लागेन । अन्टिले मैले नमागिकनै दाल तरकारी र मासुको झोल थपिदिइन ।

मैले पनि सरासर खाँए र बाहिर निस्किए । खानाको हिसाब किताब महिना दिनमा एक पटक हुने भएकाले निस्कनु अघि अन्टिलाई खातामा टिप्नु है अन्टि भनेर हिड्ने गरेको थिँए तर आज साउनी अलिक रिसाएको जस्तो लागेर म केही नबोली बाहिर निस्के । होटेल बाट अफिस सम्म आइपुग्दा त्यही साउनिले बुनुलाई गरेको घृणा सम्झिरहेँ । आफ्नै छोरिलाई किन यस्तो घृणा गरेकी होलिन ती साउनिले मनमा यस्तै कुरा खेली रह्यो । हुन त उसले पनि बाबुआमाको चित्त दुखाउने काम गरि नि त ।

मास्टर दोश्रो वर्षको पढाइ सुरु हुने बित्तिकै मैले गैरी धारामा जागिर भेटेँ । जागिर सजिलै भएको बुझेपछि र पढाइमा पनि आर्थिक सहयोग हुने हेतुले मैले यो जागिर खाने निर्णय गरेँ । बिहान सवेरै क्याम्पस गयो । दस बजेतिर अफिस गयो । सबै ठिकै चल्दै थियो तर समस्या के भयो भने बिहानको खाना खाने वातावरण मिलेन । एक महिना जति त चाउमिन र मस्म खाएर गुजारा चलाँए त्यसपछी सधैं यसरि चल्दैन भन्ने सोचेर म बिहानको खाना खाने होटलको खोजी गर्न थाले ।

गैरी धारा वरिपरिका स साना होटेल सबैमा पालैपालो खाना खाएँ, सस्तो मंहगो हिसाब लगाए र अन्तमा गैरी धाराकै बुनु भोजनालयमा नियमित खाना खाने निर्णय लिएँ । त्यति उत्कृष्ट नभए पनि बुनु भोजनालयमा सरसफाइ भने निकै राम्रो थियो । होटेलमा खाजा नास्ताको राम्रो ब्यबस्था थियो । खाना खाने हो भने चाहिँ पहिल्यै अर्डर गर्नु पर्ने । खाजा नास्ता खाने मानिसहरुको जहिल्यै भिड लाग्थ्यो ।

होटल भित्र धूम्रपान निषेध लेखिएको पर्चा टाँसिएको थियो । अनि भित्तामा खाना नमिठो भए हामिलाई भन्नुस मीठो भए साथिलाई भन्नुस लेखिएको थियो । त्यस्तै खाना खेर फाल्नु पाप हो पनि लेखिएको थियो । काउण्टरको नजिक रहेको शिसा भएको र्याकमा कृपया उधारो मागेर लज्जित नबनाउनुस लेखिएको थियो । म नियमित खाना खान जान्थेँ । सनिवार र सरकारि बिदाको दिन बाहेक अरु दिन मेरो लागि पनि बुनु भोजनालयमा खाना तयार हुन्थ्यो ।

लगातार एक महिना खाना खान गएपछि थाहा भयो होटेल वाली साउनी गुल्मिकि रहिछिन । श्रीमान अदालतका नासु रहेछ्न । श्रीमानले पहिला दाङबाट जागिर सुरु गरेर पोखरा हुँदै काठमाडौं सम्मको यात्रा तय गरेका रहेछ्न । साउनिले पनि सरकारी जागिरमा उल्कै रहर गरेकी रहिछिन । बाल बच्चा स( सानै भएर पढ्न नपाएकोमा उनको गुनासो अझै छ । बालबच्चाको हेरचाह र पढाईको चाँजोपाँजो मिलाँउदा मिलाँउदै उमेरले डाँडा काटेको उनले चाल पाइनछिन । काठमाडौं मंहगिमा बसेर छोराछोरी पढाउन श्रीमानको कमाइले मात्र नधानेपछी बुढाबुढिले सल्लाह गरेर यो होटेल खोलेका रहेछन ।

होटेल खोल्दा सानी छोरी सात कक्षामा पढ्थिन रे अहिले उनि स्नातक दोश्रो वर्षमा पढ्दै छिन । ख्याल ख्यालैमा सात वर्ष बितेको पत्तो भएन बाबु एक दिन साउनिले खाना खाने बेलामा भनेकी थिइन । साउजी सरकारी जागिरे भएकाले म होटेलमा भात खान पुग्नु अघिनै दौडिसक्थे ।  उनलाई आकलझुकल मात्र देख्थे । साउनिका छोरा एउटा र छोरी दुई वटि रहेछन । छोरालाई ऋणधन मिलाएर जापान पठाएकै साल ठुली छोरिको बिहे गरिदिएछन । ठुली छोरी बुटवल तिर माध्यमिक विद्यालयको स्थाइ शिक्षक छिन अनि ज्वाइँ सरकारी कर्मचारी । बुटवलमा रहरलाग्दो घर र घरजम छ ठुली छोरिको ।

छोराले पनि दुस्ख सुख आफ्नो भविस्य बनाउछ अब चिन्ता यहि कान्छि छोरिको ! अरु सबै राम्रै हुँदैछ बाबु, एक दिन साउनिले यत्ती सम्म भन्न भ्याएकी थिइन ।  हुन त छोराछोरी हुँदा होटेलमा उनलाइ सघाँउथे । कान्छी छोरिलाई भने पहिले देखिनै खासै काम लगाएको हैन उनको रहरले कहिलेकाही काउन्टरमा बसिदिन्थिन । होटेल खोल्दा सुरुमा होटेलको नाम गुल्मी तम्घास खाजा घर राखिएको थियो रे पछि छोरा छोरी हरुले होटेलको नाम फेरेर उनै कान्छी बैनि बुनुको नाममा बुनु भोजनालय राखिदिएछन । त्यसपछी बल्ल होटेल बाट राम्रो आम्दानी हुन थालेको नत्र पहिला त भाडा तिर्न मात्र ठिक्क साउनिले कुनै दिन यो कुरा पनि सुनाएकी थिइन ।

बुनु सानै देखि पढाइमा तेज थिइन रे । अहिले पनि उनको पढाइ संतोषजनक छ । उनी बोल्न पनि सिपालु थिइन । बिहान क्याम्पसबाट फर्किएपछि फुर्सदमा उनि होटेलमा सघाउने काम गर्थिन । सुरु सुरुमा म होटेलमा खाना खान जाँदा बुनु खासै म संग बोल्दैन थिइन । निकै समय पछि उनि बिस्तारै म संग बोलचाल गर्न थालेकी थिइन । प्रायस् खाना खाँदा हामी संगै हुन थालेका थियौं त्यसैले गर्दानै पनि हामी एक अर्कामा नजिकै हुन थालेका थियौं । मेरो पढाई र बुनुको पढाई एउटै संकाय भएकाले कहिले काहीं बुनुले एकाउन्टका अफ्ट्यारो हिसाब हरु मलाई सोध्ने गर्थिन, म पनि आफुले जाने सम्म सिकाउने गर्थे । होटेलको साउनिले पनि म संग निकै राम्रो व्यबहार गर्थिन ।

मलाई एक किसिमले आफ्नो परिवार भेटीएको जस्तै भएको थियो । दिन बित्दै थिए, मेरो जागिरले निरन्तरता पाइरहेको थियो । म नियमित होटेलमा भात खान गइ रहेकै थिए । एक दिन बुनुले सोधिन हजुरको क्याम्पस कता हो ? मैले जवाफ दिएँ मिनभवन । लौ उसो भए क्याम्पसबाट फर्किदा मलाई पनि संगै लिएर आउनुहोस । मैले किन भनेर सोध्नु अघिनै उसैले भनी मेरो कलेजको बस त्रीपुरेश्वर टेकु कालिमाटी घुमाएर आँउदा ढिला हुन्छ त्यै भएर । मैले हुन्छ भने त्यसैदिन हामिले मोबाइल नम्बर साँटासाँट गर्यौं ।

बुनुको क्याम्पस बिजुलिबजारमा थियो मेरो क्याम्पस मिनभवनमा । म मिनभवन बाट बिजुलिबजार हुँदै बुनुलाई लिएर आउन थालें । छोरी समयमै घर आइपुग्दा साउनी पनि दंग पर्न थालिन । त्यस पछिका दिनमा पनि यहि क्रमले नियमितता पाउन थाल्यो । होटेल साउनी म पुग्ने बित्तिकै आफ्नै छोरा जसरी सबै कुरा गर्थिन । म नभएको बेलामा मिठो मसिनो पाक्यो भने पनि अलिकति जोगाएर राखिदिन्थिन । होटेलमा सादा खाना भन्दा मासुभातको मोल दोब्बर थियो । म हप्तामा एक दिन मात्र मासु भात खान्थेँ ।

तर पछि पछि भएसि दाल थप्दा मासुको झोल फ्री मा पाउन थालेको थिए अझ बुनुले थपिदिन आएको बेलामा त एक दुई चौटा मासु पनि कचौरिमा हालिदिन्थिन साउनि देखेर पनि नदेखेकोझैं गर्थिन ।एक दिन क्याम्पस बाट फर्कने बेलामा मेरो बाइकको पछाडि बसिरहेकि बुनुले भनिन ञदादा हामी पनि घुम्न जाँउ नझ मैले अफ्ट्यारो मान्दै भनेँ कहाँ जाने घुम्न ? उनले ह्वाइट गुम्बा जाँउ भनिन ।

मैले तिम्रो ममिले थाहा पाउनु भयो भने मार्नुहुन्छ भनेर सतर्क गराँए । उनले ममिलाई सोधेरै जाँउला नि भनिन । म मौन बसेँ । त्यो पटक त्यतिकै भयो । केहि दिन पछी बुनुले फेरि उहि कुरा दोहोराइन । त्यस बेलामा उसले उसको ममिलाई पनि भनिसकेकि रहिछिन । उसको ममिलेनै स्वीकृत दिइन रे । एक दिन सनिवार, म नुहाइ धुवाइ सकेर बुनुको होटेलमा पुँगे । बुनु तयार भएर बसेकी रहिछिन । केहि बेर गफ गरेर हामी निस्कियौं ।

हामी बिहानको दश बजेतिर ह्वाइट गुम्बा पुग्यौं । त्यहाँ प्रेमिल जोडिहरु छरपस्ट थिए । गुम्बा नजिकैको सानो चौरको छेउमा बसेर बात मार्न थाल्यौं हामी । हुन त बुनु बाटोमा पनि बोलेको बोल्यै थिई मैले आधाउधि भन्दा धेरै कुरा सुनैकै थिइन । कुरै कुरामा मैले सोधेँ आफ्नो छोरिलाई एउटा केटा मान्छे संग घुम्न जान दिने कस्तो हो तिम्रो ममि त ? उसले मेरो प्रश्न भुइँमा खस्न नपाँउदै जवाफ फर्काइ, ञममिलाई कसले भन्यो र घुम्न जाने भनेर मैले त ममिलाई क्याम्पसमा आज प्रोग्राम छ पुगेर आँउछु दादा संग भनेर पो कन्भिन्स गरेको तझ म छ्क्क परेँ कस्ती चलाख रैछ यो केटि त जस्तो लाग्यो ।

कुरा गर्दै जाँदा बुनुले भनिन थाहा छ दादा तपाईंलाई मेरो ममिले तपाईंको कति धेरै तारिफ गर्नुहुन्छ । तपाईं त कस्तो असल रे, ईमानदार रे, सरल र बुझ्झकि रे, अनि चलाख पनि रे । बुनुले यति कुरा गरिरहँदा म अवाक भएर सुनिरहेको थिए । उ बोल्दै गई म सुन्दै गएँ । ममिले हजुरको बारेमा तारिफ गरेपछि मलाई पनि बिस्तारै हजुर निको लाग्दै जानु भयो अनि मैले भित्र भित्रै तपाईंलाई मन पराउन थालेँ । यो सुनेर मैले हाँसेर प्रतिक्रिया जनाँए अरु केहि बोलिनँ । उस्ले थप्दै गई, मैले त बुटवलमा दिदि लाई पनि भनिसकेँ, जापानमा दादालाई पनि हल्काफुल्का थाहा दिईसकेँ, सायद ममिले पनि थाहा पाइ सक्नु भयो होला उ बोल्दै गई । मेरो मनमा कुरा खेल्दै गयो बुनुले एकतर्फी ढंगले कति धेरै कुरा अगाडि बढाइ सकिछिन ।

उनले आफ्नो मनमा यत्तिको कुरा सजाउनु अघि मलाई सोध्नु पर्दैनथ्यो त मेरो मनमा यस्तै कुरा चल्यो, मेरो मुख बाट फ्याट्ट प्रश्न निस्कियो, बुनु यो सबै कुरा तिमिले सोच्नु र अरुलाई भन्नु अघि मलाई किन सोधिनौं ? उसले जवाफ फर्काई म हजुरलाई सोध्ने तरखरमा थिए तर खै कहिले मौका मिल्यो र त्यही भएर त आज यहाँ सम्म आउने बातावरण मिलाएको नि । हुन पनि हो मैले त्यस  दिन भन्दा अघि कहिलेपनि बुनु संग सिरियस भएर कुरा गरेको थिईन, सधैं हाँसो मजाक मात्र गरिरहेको थिएँ, तर मलाई त्यस दिन बुनुले सोच्न बाध्य बनाई, उसले अन्त्यमा भनेकी थिई मेरो मनभरीको कुरा हजुरलाई सुनाएँ दादा, अब बाकी हजुरको इच्छा मलाई छिटोभन्दा छिटो जवाफ दिनु होला है । मैले हुन्छ मलाई यो बिसयमा बिचार गर्न देउ भनेँ । त्यसपछी हामी ह्वाइट गुम्बा बाट फर्कियौं । मैले बुनुलाई उसको होटेलमा छाडेर आफ्नो कोठामा फर्किएँ ।

त्यो दिनको मलाई राम्रो सम्झना छ म कोठामा पुग्ने बित्तिकै उसको फेसबुक प्रोफाइल सबै चहारे, ट्विटर पनि सबै हेरेँ । मैले उसलाई सकारात्मक या नकारात्मक जे भए पनि जवाफ फर्काउनै पर्ने थियो  । त्यही भएर म उसको सकारात्मक र नकारात्मक बानी ब्यहोरा हरु केलाइ रहेको थिएँ । उ राम्री थिइ, पढेलेखेको थिई । तर लाउने र खाने कुरामा अलि बढिनै सोख थियो उसको ।

कसैले केहि उपहार दियो भने फुरुङ्ग पर्थी । यि सबै केटाकेटी पना उसको उमेर बढ्दै जाँदा कम हुँदै जान्छ भन्ने कुरामा म बिश्वास राख्थेँ । त्यसैले पनि म उ प्रती सकारात्मक थिएँ । मैले आफु पनि उसले राखेको प्रेम प्रस्तावमा स्वीकार गर्ने मानसिकता बनाई सकेको थिए । राती अवेर बुनुले म्यासेज पठाइन, डिसिजन के भयो भनेर, मैले सकारात्मक भयो भनेर जवाफ फर्काएँ । उनिले फेरि धन्यवाद ब्यहोराको लामो म्यासेज पठाइन । यसरी बुनु संग मेरो औपचारिक रुपमा प्रेमको सुरुवात भयो । र यो दिनप्रति दिन झाँगिदै गयो ।

म दिन दिनै बुनुकै होटेलमा खाना खान जाने भएकाले साउनी संग पनि नियमित भेट हुन्थ्यो । मलाई मेरा अफिसका मान्छेहरूले जुन होटेलमा खाना खायो त्यहि होटेलवालिको छोरीलाई माँयाजालमा पारेर फसायो भन्लान भन्ने पिर हुन थाल्यो । म अरुले थाहा नपाउने अरि गोप्य माँया गर्नुपर्छ भन्ने मान्यता राख्थे । सकभर कसैले थाह नपाउन भन्ने सोचाइ थियो । हुन त मुखले भन्न नसकेपनी साउनीलाई हाम्रो हिचमिच राम्रै संग थाहा भैसकेको थियो । हामिले औपचारिक रुपमा उनलाई भन्न नसके पनी उनि हाम्रो सम्बन्धका बारेमा अनविग्य भने पक्कै थिइनन ।

बरु साउनिले मलाई पहिलाको भन्दा झन आफ्नो झै व्यबहार गर्दै आएकि थिइन । सायद साउनिले उनको श्रीमान संग पनि पक्कै बुनु र मेरो सम्बन्धका बारेमा कुरा गरेको हुनु पर्छ किनभने साउजीले पनि म संग मिजासिलो संबाद गर्थे, उनि मेरो बारेमा धेरैभन्दा धेरै जिज्ञासा राख्थे । म पनि आफ्नो बारेमा स्पस्ट कुरा राखिँदिन्थे । उनि म संग सबै खाले कुरा गर्थे । राजनीति, नेपालको इतिहास, न्याय प्रणाली, देशको वर्तमान अवस्था सबैका बारेमा हामी बिच धेरथोर कुराकानी हुन्थे । हामि गफ गरि रहंदा बुनु र साउनिले पनि चासो दिएर सुनि रहन्थे

। बुनु बेलाबेलामा उसको बुबाको आँखा छलेर मलाई आँखा सन्काउथी म झनै बुद्धिमान जसरी कुरा गर्थे । यसरी त्यसबेला एक किसिमको रमाइलो बाताबरण थियो । मैले बिस्तारै आफ्नो गाँउको घर, अनि आमाबुबालाई भुल्दै थिएं, किनकी म बिहान मात्र नभएर बेलुकिको पनि खाना बुनुकै होटेलमा खाएर आउन थालेको थिएँ । बुनु भोजनालय मेरो घर जत्तिकै भएको थियो ।

बिस्तारै हाम्रो माया गाढा हुँदै गई रहेको थियो । हामी हरेक सनिवार प्रायस् घुम्न जान्थ्यौं, बुनुलाई चकलेट र मिठाइको खुबै सोख थियो । उ साथमा पैसा हुने बित्तिकै चक्लेट किनिहाल्थी । म भने उसलाई स साना उपहार दिइ रहन्थे । उपहार पाए पछि उ मख्ख पर्थी सायद उसलाई यि सबै कुरा राम्रो लाग्थ्यो । उसको चंचल स्वभाव मलाई पनि निको लाग्थ्यो । जे होस हामि मायाँमा थियौं ।

यसैमा रमाएका थियौं । एक दिन मेरो अफिसका हाकिमले हाम्रो अफिसको पोखरामा खुलेको नयाँ शाखाको लागी मलाई पठाउने निर्णय गरे । मैले कम्तिमा ३ महिना पोखरामा बिताउन पर्ने भयो । मैले यि सबै कुरा बुनु र साउनी संग भने । साउनीले ननिको मानिन, बुनुले अनुहार अध्यारो बनाईन । मैले बुनुलाई सम्झाएँ तिन महिना बित्न कति बेर लाग्छ र फेरि बिचमा भेट्न त म आँउदै गर्छु नि ।

बरु हरेक दिन फोनमा कुरा गरौंला न, मैले बुनुलाई सम्झाँए उ कन्भिन्स भई, पोखरा जाने दिन बुनु नयाँ बसपार्क सम्म मेरो सानो झोला बोकेर पुर्याउनु गएकि थिइ । हामिले अस्थायी बिछोडको हात हल्लायौं । पोखरा पुगुन्जेल बुनुले चार पटक भन्दा बढी फोन गरि कहाँ पुग्नु भो भनेर ।

पोखराको बसाई सामान्यनै थियो, नयाँ खुलेको अफिसको ब्यबस्थापन गर्नमा म निकै ब्यस्त भए । पोखरामा खाने र बस्ने ब्यवस्था सबै अफिसबाटनै भएको थियो । तर जब खाना खाने बेला भयो मलाई बुनुको याद र साउनिले आफ्नै छोरा जस्तै गरि पकाएर दिएको खानाको खुबै याद आँइथ्यो । म खाना खाने बेलामा बुनुलाई फोन गर्थें ।

साउनी संग पनि फोनमा कुरा भइ रहन्थ्यो । बुनु संग खासमा माया पिरती र पढाइको कुरा धेरै हुन्थे । उ छिटोभन्दा छिटो आउन भन्थी, म पनि अब छिट्टै फर्कन्छु भनेर उसलाई सम्झाँउथेँ । यसरी नै लगभग दुई महिना जत्ती बितिसकेको थियो । म यो अबधिमा एक पटक पनि काठमाडौं फर्केको थिइन ।

एक दिन बिहानै साउनिले फोन गरिन, बाबु आज बुनुहरु क्याम्पस बाट पोखरा आउने रे मैले तपाईं लाई अचार पठाइदिएको छु भेटेर लिनुस है, मैले हुन्छ अन्टि भनेर फोन राखेँ । त्यसपछी बुनुलाई फोन गरेँ उसले फोन उठाइनन । फेरि गरेँ फेरि उठाइनन । मैले सोचेँ गाडीमा भएर फोन बजेको थाहा पाइनन होला ।  तर निकैबेर सम्म पनि उताबाट कलब्याक नआए पछि मैले फेरि फोन गरेँ तर मोबाइल स्विच अफ थियो ।

बेलुकी फोन गर्दा पनि स्विच अफ नै थियो । मैले साउनिलाई फोन गरेँ अन्टि खै त बुनु आइपुगिनन, साउनिले त्यही त मोबाइल नै अफ छ म पनि फोन लगाउने कोसिस गरेको गरेइ छु भनिन । अचम्म भयो बुनुको मोबाइल स्विच अफ त प्राय हुन्थेन । मलाई त्यो रात निदाउन मुस्किल पर्यो, राती पनि दुई पटक साउनिले फोन गरेर बुनुले फोन गरि त भनेर सोधिन मैले छैन भनेर जवाफ फर्काएँ । भोलिपल्ट बिहानै बुनुका बाबा बुनुको क्याम्पस पुगेछन । क्याम्पस बाट कोहि पनि विद्यार्थीलाई पोखरा नलगिएको जानकारी पाएपछि छांगा बाट खसे जसरी रन्तनिएर फर्किएछन ।

आफ्ना आफन्त साथी सबै तिर खबर गर्दा पनि केहि पत्ता नलागेपछी साउनिले फेरि मलाई फोन गरेकी थिईन । उनि म संग पहिलो पटक यति रोएकी थिइन भन्दै थिइन यसैको लागी भन्दै खाइ नखाइ यत्रो दुख गर्यौं बाबु आज उ आफै बेपत्ता छ, मरे बाँचेको ठेगान छैन, कस्तो बैगुनी कस्तो निस्ठुरी । साउनिले निकै बिलौना पोखिन, म संग पनि सम्झाउने शब्द थिएन खासमा म आफै स्तव्ध थिए ।

भोलिपल्ट बिहान साउनी र साउजी पुलिसमा रिपोर्ट लेखाएर फर्केछन । पुलिसले सबै डिटेल लिएर केहि खबर प्राप्त हुने बित्तिकै खबर गर्छु भनेर पठाइदिएछ । छोरी हराएको पिडालाई मनमा बोकेर बुडा बुडि साउ साउनी आफ्नो काममा फर्किएछन । त्यही दिन बेलुकी बुनुले साउनिको मोबाइलमा फोन गरिछिन । बुनुले भनिन रे ञञममि मैले अर्कै केटा संग बिहे गरेँ । मेरो चिन्ता लिनु पर्दैन ।

अब उसलाई पनि मलाई भुल्न भनिदिनु । तपाईंहरु राम्रो संग बस्नु ।झझ  यति भनेर दोहोरो कुरा पनि गर्न नपाइ बुनुले फोन राखिछिन । साउनिले मलाइ रुँदै रुदैँ यो कुरा सुनाइन भन्दै थिइनञञ बाबु मलाई तपाईं र बुनुको माँयाको बारेमा राम्रो संग थाहा थियो, बुनुले बाटो बिराई, हाम्रो नाक काटी, यो जुनिमा तपाईंलाई छोरी दिन सकिन मलाई माफ गर्नुस न हैझझ  साउनी फोनमा भक्कानिएर रुदैँ थिइन, मलाई पनि भित्र भित्रै पिडा भयो मुटु बेस्सरी दुखेर आयो । मैले फोन काटिदिए । त्यस रात भरी मैले बुनुको बारेमा नकारात्मक सोचेर उ प्रती मनमा घृणा जम्मा गरेँ त्यसले मलाई, उसलाई बिर्सन सजिलो हुन्थ्यो । त्यसपछिका दिनमा म दिनहुुँ आफ्नो काममा ब्यस्त भएँ । मैले बुनुलाई माफ गरिसकेको थिए, माफ गरिसके पछि भुल्न सजिलो हुँदो रहेछ ।

तिन महिनाको पोखरा बसाइ सकेर म काठमाडौं फर्किएँ । काठमाडौं आए पछि उहि पुरानो दैनिकिमा फर्किए । साउनिको होटेलमा खाना खान जाँन्थे, साउनी संग पहिले जस्तो कुराकानी हउन्थेन, साउनि प्राय मौन बस्थिन, सायद बुनुले दिएको चोट भुल्ने प्रयास गर्दै थिइन । होटेलमा एक्लै भएकाले साउनिलाई काम नै भ्याइ नभ्याइ हुन्थ्यो । म आफुले भ्याए सम्म साउनिलाई सहयोग गर्थे, कहिलेकाही तरकारी ल्याइदिने, काउन्टरमा बसिदिने इत्यादी गर्दै । मैले सहयोग गर्दा उनि आँखा भरी आसु पर्थिन सायद बोल्नका लागि गला अवरुद्ध भएर शब्द रोकिएको हुनुपर्छ ।

धेरै दिन पछि मैले आज बुनुका बारेमा सोधेको थिए, सायद साउनी बुनुलाई सम्झिएर उसले मनमा लगाएको चोटमा नुन छर्किन चाहान्नन । आफ्नै सन्तान भए पनि गल्ती गर्ने बित्तिकै उनिहरुको गल्ती तत्काल लाई स्वीकार गर्न गारो हुन्छ । पछि पछि बिस्तारै स्वीकार हुँदै जाला । साउनीको बुनु प्रतिको घृणा अझै कम भएको छैन । म आफु पनि यो कहानिमा एउटा नमिठो पात्र भएर उभिएको छु ।

ञञसाउनिको छोरिझझको यो कहानिले अब कस्तो मोड लिन्छ म मौन अवलोकन गरिरहेको छु । मैले पोखरामा हुँदा बुनुको लागी भएर किनेको तालबाराहिको सानो मन्दिर बुनु भोजनालयको र्याकमा बुनुलाई कुरेर बसेको छ । एक दिन बुनु पक्कै आउनेछिन अनि त्यो मेरो सानो प्रेमिल उपहार देखेर पुन दंग पर्ने्छिन, फुरुङ्ग पर्ने्छिन म यस्तै सोच्दै छु ।
-काभ्रे सन्देश साप्ताहिक बाट

6965
Shares

ट्रेन्डिङ