कोरोनाबाट मृत्यु भएकी महिलाको नवजात शिशुमा कोभिड १९ नेगेटिभ
काभ्रे: बिहीवार अस्पतालमा कोरोनाका कारण मृत्यु भएकी २९ वर्षीया सुत्केरी महिलाका नवजात शिशुमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ। धुलिखेल अस्पतालमा रहेका शिशुमा जन्डिस देखिएको भए पनि उनमा कोभिड १९ को संक्रमण भने नदेखिएको अस्पतालका प्रवक्ता डाक्टर सुमनराज ताम्राकारले जानकारी दिए। उनका अनुसार आज परीक्षणको रिपोर्ट आएको हो। शिशु तथा उनका बाबु, हजुरआमा र सानिआमाको […]