सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • काभ्रेमा एकै पटक पाँच जनामा कोरोना संक्रमण पुष्टि

काभ्रेमा एकै पटक पाँच जनामा कोरोना संक्रमण पुष्टि

7470
Shares
काभ्रेमा एकै पटक पाँच जनामा कोरोना संक्रमण पुष्टि

काभ्रे: काभ्रेका पहिलाे पटक कोरोना संक्रमण पुष्टि भएको छ । धुलिखेल अस्पतालमा रहेको प्रयोग शालामा गरिएको पीसीआर परीक्षणमा पाँच जनामा कोरोना पुष्टि भएको हो । काभ्रेको रोशी गाउँपालिकामा ३, पनौती नगरपालिकामा १ र पाँचखाल नगरपालिकामा १ गरी ५ जनामा कोरोना संक्रमण भेटिएको हो ।

संक्रमितमध्ये ३ जना पुरुष र एक महिला केही दिन अघि भारतबाट आएका खुलेको छ । रोशीका तीनै जना संक्रमित क्वारेन्टाइनमा छन् । पाँचखालका स‌ंक्रमित भने शुक्रबार क्वारेन्टाइनबाट घर गएका थिए । स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख एवं जिल्ला कमाण्ड पोष्ट काभ्रेका सदस्य सचिव डाक्टर नरेन्द्र कुमार झाले पाँच जना संक्रमित भएको पुष्टि गरे ।

पनौतीका संक्रमित व्यक्ति भने धुलिखेल अस्पतालमा पित्तथैलीमा देखिएको पत्थरीको शल्यक्रियाका लागि भर्ना भएका थिए । शल्यक्रियाअघि पीसीआर परीक्षण गर्दा उनमा संक्रमण देखिएको हो ।

7470
Shares

ट्रेन्डिङ