सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • पनौतीका किसानलाई उन्नत जातको बोका बितरण

पनौतीका किसानलाई उन्नत जातको बोका बितरण

7880
Shares
पनौतीका किसानलाई उन्नत जातको बोका बितरण

काभ्रे, २७ जेठः काभ्रेको पनौती नगरपालिकाले किसानलाई उन्नत जातको बोका बितरण गरेको छ । नगरपालिकाको कृषि तथा पशुपंक्षी शाखाले ६ ओटा वडाका ६ जना किसानलाई बोयर जातको बोका बितरण गरेको नगरपालिकाका कृषि तथा पशुपंक्षी शाखाका प्रमुख मणी प्रसाद सापकोटाले जानकारी दिए ।

वडा नम्बर ३, ४, ५, ८, १० र ११ का एक/एक जना किसानलाई बोयर जातका बोका बितरण गरिएको हो । किसानलाई मेयर भिमप्रसाद न्यौपानेले बोका हस्तान्तण गरेका थिए । बोका हस्तान्तण गर्दै मेयर न्यौपानेले नगरपालिकालाई सबै हिसाबले आत्मनिर्भर बनाउन जरुरी रहेको भन्दै त्यसमा किसानहरुको ठूलो हात रहेको औल्याए । उनले जेठ १४ गते आएको बाढीले नगरपालिकाभित्रको कृषि क्षेत्रमा सबैभन्दा बढी क्षति पुगेको भन्दै किसानहरुलाई मोलमपट्टी लगाउने गरी आगामी आर्थिक वर्षको बजेट बनाउने बताए ।

७५ देखि ८७ प्रतिशत सम्मको प्रजनन योग्य रहेको कृषि तथा पशुपंक्षी शाखाका प्रमुख सापकोटाले बताए । चार लाख ९४ हजार पाँच सय रुपैंयामा खरिद गरेर किसानलाई दिइएको हो । गत वर्ष नगरपालिकाले पाँच ओटा वडाका किसानलाई बोयर जातको बोका बितरण गरेको थियो ।

7880
Shares

ट्रेन्डिङ