सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • काभ्रेको शंखुपाटीचौर क्षेत्रमा नेपाल टेलिकमको फाइबर टु होम सेवा सुरु

काभ्रेको शंखुपाटीचौर क्षेत्रमा नेपाल टेलिकमको फाइबर टु होम सेवा सुरु

2025
Shares
काभ्रेको शंखुपाटीचौर क्षेत्रमा नेपाल टेलिकमको फाइबर टु होम सेवा सुरु

काभ्रे । शंखुपाटीचौर क्षेत्रमा नेपाल टेलिकमले अप्टिकल फाइबारमार्फत फाइबर टु होम अर्थात एफटिटिएच सेवा विस्तार गरेको छ ।

शंखुपाटीचौर सहित आसपासको क्षेत्रमा फाइबर टु होम (एफटिटिएच) सेवा विस्तार भएको हो । नेपाल टेलिकमले बनेपा कार्यलयमार्फत काभ्रेका अलावा सिन्धुपाल्चोक, दोलखा, रामेछाप र सिन्धुलीमा सेवा दिइरहेको छ ।

दुरसञ्चार कार्यालय बनेपाका प्रमुख जगदिश लेखकले केही समयमा नै बेथानचोक, बल्थली, दाप्चा, तिनपिप्ले, दोलालघाट र कुन्ता क्षेत्रमा एफटिटिएच सेवा विस्तार गर्न लागिएको जानकारी दिएका छन् ।

त्यस्तै, नेपाल टेलिकम कम्पनी बाग्मती प्रादेशिक निर्देशनालयका निर्देशक रिना डङ्गोलले स्थानीय मागका आधारमा सो क्षेत्रमा सेवा बिस्तार गरिएको बताएकी छिन् ।

कार्यक्रममा  पनौती वडा नं १० का अध्यक्ष मोहनबहादुर भण्डारी, धुलिखेल नगरपालिका वडा नं १२ का अध्यक्ष मोहनप्रसाद लामिछाने लगायतले स्थानीय क्षेत्रमा सेवा बिस्तार गरेकोमा आभार प्रकट गरे ।

2025
Shares

ट्रेन्डिङ