सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • चौंरीदेउराली गाउँपालिकालाई स्वास्थ्य सामाग्री सहयोग

चौंरीदेउराली गाउँपालिकालाई स्वास्थ्य सामाग्री सहयोग

7515
Shares
चौंरीदेउराली गाउँपालिकालाई स्वास्थ्य सामाग्री सहयोग

काभ्रे : कोभिड-१९ संक्रमण रोकथाम, नियन्त्रण र उपचारको लागि भन्दै काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकालाई स्वास्थ्य सामाग्री सहयोग गरेका छन् । वडा नं. ७ मादनकुँडारी निवासी समाजसेवी कुलबहादुर लामा र एल.वि. लामाले उक्त सामाग्री सहयोग गरेका हुन ।

शुक्रबार (आज) गाउँपालिका कार्यालयमै पुगेर अध्यक्ष दिननाथ गौतमलाई ५/५ लिटरका ३ थान अक्सिजन कन्सन्सट्रेटर मेसिन हस्तान्तरण गरेका थिए । उक्त सामाग्री चौंरीदेउराली गाउँपालिकाद्वारा सन्चालित धुसेनी शिवालय प्राथमिक अस्पतालमा प्रयोग गर्ने अध्यक्ष गौतमले जानकारी दिए ।

अक्सिजन अभावको कारणले संक्रमितहरुको मृत्युसम्म हुनसक्ने अवस्था गाउँपालिकामा सिर्जना नहोस भन्ने उद्देश्यले उक्ता सामाग्री सहयोग गरेको समाजसेवी कुलबहादुर लामाले बताए । आफूहरुले गाउँसरकारलाई सहयोग गर्न पाउँदा खुशी लागेको र कोभिडको विरुद्ध आफूहरु पनि गाउँपालिकाको साथमा रहेको बताए ।

त्यसैगरी गाउँपालिका अध्यक्ष गौतमले यो विषम परिस्थितिमा यसरी स्वास्थ्य सामाग्री सहयोग गरेकोमा समाजसेवीद्वय लामालाई धन्यवाद दिएका थिए । ‘यो विषम परिस्थतिमा सबैपक्षको भूमिका महत्वपूणर् हुन्छ । यो महत्वपूणर् भूमिका खेल्नु भएकोमा उहाँहरुलाई धन्यवाद दिन चाहन्छु ।’

गौतमले भने, ‘आगामी दिनमा पनि समस्यामा हामी एकै ठाउँमा हुनेछौं भन्ने विस्वास गर्न चाहन्छु । साथै गाउँबासी सबै एकजुट भएर कोभिड विरुद्धको लडाईं सफलता पूर्वक लडौं ।’ उक्त सामाग्री हस्तान्तरण गर्न चन्द्र लामा, किसोर गिरि लगाएतका टोलि समेत पुगेका थिए ।

7515
Shares

ट्रेन्डिङ