सबैको समाचार
बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • समयमै काम नसक्ने ठेकेदारलाई कारबाही गर्छु : अध्यक्ष तिमिल्सिना

समयमै काम नसक्ने ठेकेदारलाई कारबाही गर्छु : अध्यक्ष तिमिल्सिना

4760
Shares
समयमै काम नसक्ने ठेकेदारलाई कारबाही गर्छु : अध्यक्ष तिमिल्सिना

धुलिखेल : बेथानचोक गाउँपालिकाले समयमै काम नसक्ने ठेकेदारलाई कारबाही गर्ने चेतावनी दिएको छ । पालिकाका अध्यक्ष प्रेम बहादुर तिमिल्सिनाले विभिन्न बाहानमा काम पुरा नगर्ने ठेक्केदारलाई कानुनी कारबाही गर्ने बताउनु भएको हो ।

पालिकाले चालु आर्थिक वर्षका लागि ३ सयभन्दा बढी योजना बनाएको थियो । ती मध्ये ८० प्रतिशत काम सकिएको पालिका अध्यक्ष तिमिल्सिनाले बताउनुभयो । तर प्रदेश सरकारबाट प्राप्त बजेटको भने भर्खर योजना सम्झौता भएका छन् । कतिपय ठेकेदारले फिल्डमा मजदुर लगिका छन् । पालिकाभित्र चालु आर्थिक वर्षमै सकाउने गरी प्रदेश सरकारका ३ र संघीय सरकारको एउटा योजना छ ।

यी सबै योजनामा गाउँपालिका पनि ५० प्रतिशत बजेट लगानी हुन्छ । नदी नियन्त्रण योजना अन्तर्गत पार्थुम खोलाका लागि १ करोड १० लाखको योजना सम्झौता भइसकेको प्रमूख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले जानकारी दिनुभयो । त्यस्तै १÷१ करोडको तिप्चोक पार्थली सडक र भुग्देउ सडक सम्झौता भएका छन् ।

त्यसैगरी संघ सरकारको ५० प्रतिशत आर्थिक सहयोगमा बन्न लागेको नांगे बर्यौ पर्यटन पार्कको पनि योजना सम्झौता भइसकेको छ । तर लकडाउनकै कारण ठेकेदारले काम सुरु गर्न सकेका छैन । ठेकेदारले कछुवाको गतिमा काम गरेको भन्दै पालिका अध्यक्ष तिमिल्सिनाले तीब्र असन्तुष्टि जनाउनुभयो ।

4760
Shares

ट्रेन्डिङ