नेपालले टी-२० विश्वकप वार्मअपमा आज क्यानडासँग खेल्दै
काठमाडौं । नेपालले आज टी-२० विश्वकप वार्मअपअन्तर्गत पहिलो खेलमा क्यानडासँग खेल्दैछ । खेल राति सवा ९ बजे अमेरिकाको डलासमा हुँदैछ । नेपालका अलराउण्डर दीपेन्द्रसिंह ऐरीले भने क्यानडासँगको वार्मअप पनि नखेल्ने भएका छन् । विनवार्ड्सविरुद्धको तेस्रो अभ्यास खेलअघि उनको खुट्टा मर्केको थियो । उनले ह्युस्टन हरिकेन्ससँगका दुई खेल पनि गुमाएका थिए । तर, दीपेन्द्रले मैदानमा आउँदै […]