सबैको समाचार
सोमवार, असार १६, २०८२
  • होमपेज
  • माध्यमिक तहको समकक्षता प्रमाणपत्र अनलाइनबाटै पाउन सकिने

माध्यमिक तहको समकक्षता प्रमाणपत्र अनलाइनबाटै पाउन सकिने

680
Shares
माध्यमिक तहको समकक्षता प्रमाणपत्र अनलाइनबाटै पाउन सकिने

काठमाडौं । माध्यमिक तहको मान्यता तथा समकक्षताको प्रमाणपत्र अनलाइनबाटै पाइने भएको छ ।

पाठ्यक्रम विकास केन्द्रले नेपालमा सञ्चालित स्वदेशी वा विदेशी संस्था र बोर्डबाट शैक्षिक उपाधि हासिल गरी माध्यमिक तह (कक्षा १० र १२) सरह तथा कक्षा १० भन्दा तल्लो तह र कक्षाको मान्यता तथा समकक्षता पत्र अनलाइनमार्फत उपलब्ध गराउने भएको हो ।

केन्द्रको मान्यता तथा समकक्षता शाखाले शुक्रबार औपचारिक कार्यक्रम गरेर अनलाइनमार्फत प्रमाणपत्र दिने जानकारी गराएको हो ।

शाखाले यसअघि १ पुस २०७९ बाट अनलाइन आवेदन लिन थालेको थियो । प्रमाणपत्र लिन भने शाखा नै पुग्नुपर्ने व्यवस्था रहेको थियो । तर, अब भने विद्यार्थीलाई अनलाइनबाटै प्राप्त हुनेछ । र, विद्यार्थी आफैले प्रिन्ट गर्न सक्नेछन् ।

680
Shares

ट्रेन्डिङ