सबैको समाचार
मङ्लबार, असार १७, २०८२
  • होमपेज
  • आमालाई जिउँदै पुर्ने छोरा पक्राउ, तीन दिनपछि उद्धार गर्दा आमा जिवितै

आमालाई जिउँदै पुर्ने छोरा पक्राउ, तीन दिनपछि उद्धार गर्दा आमा जिवितै

7110
Shares
आमालाई जिउँदै पुर्ने छोरा पक्राउ, तीन दिनपछि उद्धार गर्दा आमा जिवितै

आफ्नो ७९ वर्षीया आमालाई जिउँदै पुरेको आरोपमा उत्तरपश्चिम चीनमा एक व्यक्ति पक्राउ परेका छन् । आशिंक पक्षघात भएकी महिलालाई तीन दिनपछि उद्धार जिवितै गरिएको र हाल शाङ्छीस्थित अस्पतालमा उनको स्वास्थ्य अवस्था स्थिर रहेको प्रहरीले जनाएको छ । मा भनेर चिनाइएका ५८ वर्षीय पुरुषलाई आफ्नो आमाको हत्याको प्रयासमा मुद्दा चलाइएको प्रहरी अधिकारीले जनाकारी दिएका छन् ।

गत मंगलबार ती व्यक्तिका पत्नीले माले आफ्नो आमालाई गाडामा हालेर लगेको र त्यसपश्चात आमा घर नफर्किएको प्रहरीलाई जानकारी दिएकी थिइन् ।प्रहरीका अनुसार ती व्यक्तिले आफ्नो आमालाई पुरेको स्वीकार गरेपछि सो दिन उनको उद्धार गरिएको थियो ।‘प्रहरीले चिहान खन्दा मा त्यहीँ उपस्थित थिए । आमालाई जिउँदो पाउँदा पनि उनले कुनै प्रतिक्रिया जनाएनन्,’ एक प्रहरी अधिकारीले भने ।

द पेपर डट सीएनका अनुसार माको पिताको मृत्युपछि उनको आमाले दोस्रो विवाह गर्दै कान्छा छोरासँग जान्सु प्रान्तमा बस्न गएकी थिइन् । १२ वर्षीय मालाई भने काकासँग बस्न पठाइएको थियो ।

आफ्नो पतिको मृत्युपछि उनी केही वर्षअघि मात्र जिङवियानमा फर्किएका थिए । केही समय कान्छा छोरासँग बसेकी उनी स्वास्थ्यमा समस्या देखिन थालेपछि मासँग बस्न आएकी थिइन् । प्रहरीका अनुसार उनी गत नोभेम्बरमा ओछ्यानमा नै थला परेपछि मा उनीसँग रुष्ट बन्न थालेका थिए ।
स्रोत : साउथ चाइना मोर्निङ पोष्ट

7110
Shares

ट्रेन्डिङ