सबैको समाचार
मङ्लबार, अशोज २०, २०८३
  • होमपेज
  • सवारि दुर्घटना ३ जना धाईते , १ जना मृत्यु

सवारि दुर्घटना ३ जना धाईते , १ जना मृत्यु

985
Shares
सवारि दुर्घटना ३ जना धाईते , १ जना मृत्यु

काभ्रे :- बनेपा नगरपालिका वडा ११ धनेश्वर स्थित भित्री सडक खण्डमा धनेश्वरबाट पाकुटोल तर्फ जाँदै गरेको बा ६ च ६३४० नं. को सिमेन्ट बोकेको आईचर गाडि आफै अनियन्त्रि भई सडकबाट ४० मिटर दुर्घटना हुँदा चालक सहित ३ जना घाईते भएका छन्। भने एकको मृत्यु भएको छ।

दुर्घटना पछि धाईते ३ जना लाई नै उपचारको लागी शिरमेमोरियल अस्पताल बनेपा पठाइएकोमा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा सोही आईचर गाडीका चालक पनौती नगरपालिका वडा न ५ ढलमले बस्ने बर्ष ५२ को बद्रि बोगटीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको हो।

सोही गाडीमा सवार भुम्लु गाउपालिका वडा न २ बस्ने बर्ष २३ को बिष्णु पहरी सोही स्थान बसोबास गर्ने बर्ष २४ को सुमन पहरीको अवस्था भने सामान्य रहेको काभ्रे प्रहरीका सुचना अधिकारी राजकुमार श्रेष्ठले जानकारी दिएका हुन्।

घाईतेको शिरमेमोरियल अस्पताल बनेपामा उपचार हुदै छ।

985
Shares

ट्रेन्डिङ