सबैको समाचार
बुधबार, असार १८, २०८२
  • होमपेज
  • जिप दुर्घटनामा परी ४ जनाको मृत्यु

जिप दुर्घटनामा परी ४ जनाको मृत्यु

660
Shares
जिप दुर्घटनामा परी ४ जनाको मृत्यु

सुर्खेत । सुर्खेतबाट कालीकोट  जाँदै गरेको भे १ च २५६० नम्बरको बोलेरो जिप दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी ज्यान गुमाएका चारमध्ये तीन जनाको सनाखत भएको छ । मृतक सबै कालीकोटका हुन् ।

बिहीबार बिहान दुई बजे ६ जना यात्रु लिएर कालीकोट आउँदै गरेको बोलेरो जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी पोषणा थापाले बताएकी छिन् ।

दुर्घटनामा परी  कालीकोटको शुभकालिका गाउँपालिका–३ का ३७ वर्षीय वीरेन्द्र बिक, ३१ वर्षीय नवराज बिक र २१ वर्षीया पुष्पा बिकको मृत्यु भएको खुलको हो । दुर्घटनामा परी ज्यान गुमाएका अर्का एक जनाको भने सनाखत हुन बाँकी छ ।

प्रहरीका अनुसार जिप सडकबाट तीन सय मिटर तल खसेको छ । घटना केही ढिलो गरी थाहा भएकाले प्रहरी घटनास्थलमा पुगेकाले पनि मृतकको सङ्ख्या वढेको अनुमान छ ।

660
Shares

ट्रेन्डिङ