काठमाडौँ । बुधबारको तुलनामा आज सुनको तोलामा नै दुई हजार तीन सयले वृद्धि भएको छ ।
बुधबार प्रतितोला एक लाख ३८ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आज एक लाख ४० हजार पाँच सय निर्धारण भएको छ भने तेजाबी सुनकाे भाउ पनि बढेको छ ।
तेजाबी सुन बुधबार तोलामा एक लाख ३७ हजार पाँच सय ५० मा कारोबार भएकामा आज यो एक लाख ३९ हजार आठ सयमा कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा तेजाबी सुनको मूल्य तोलामा रु. दुई हजार दुई सय ५० ले वृद्धि भएको छ ।
बुधबार एक हजार आठ सय ३० मा कारोबार भएको चाँदी आज एक हजार नौ सयमा बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।