सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • ‘राष्ट्रपति सुधार कार्यक्रम’ सञ्चालनका लागि धुलिखेलद्धारा विद्यालयहरुलाई प्रस्ताव माग

‘राष्ट्रपति सुधार कार्यक्रम’ सञ्चालनका लागि धुलिखेलद्धारा विद्यालयहरुलाई प्रस्ताव माग

5285
Shares
‘राष्ट्रपति सुधार कार्यक्रम’ सञ्चालनका लागि धुलिखेलद्धारा विद्यालयहरुलाई प्रस्ताव माग

धुलिखेल  : धुलिखेल नगरपालिका भित्रका समामुदायीक विद्यालयहरुलाई ‘राष्ट्रपति सुधार कार्यक्रम’ सञ्चालन गर्नको लागि प्रस्ताव माग गरिएको छ । चालु आर्थिक बर्ष २०७७÷७८ मा गरिने यो कार्यक्रमको लागि ईच्छुक समामुदायीक विद्यालयहरुले कागजात सहित १५ गते सम्म प्रस्ताव दिन सकिने नगरपालिकाले बताएको छ ।

प्रस्ताव नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा पेश गर्नुपर्ने छ । पेश गर्नुपर्ने कागजातमा तोकिएको ढाँचामा विद्यालयले तयार पारेको परियोजना प्रस्तावना, विद्यालय व्यवस्थापन समितिको निर्णयको प्रतिलिपि लगायतका रहेको छ ।

थप जानकारीका लागि शिक्षा मानव स्रोत विकास केन्द्रले जारी गरेको धुलिखेल नगरपालिकाको वेवसाइटमा पनि हेर्न सकिने नगरपालिकाका शिक्षा उपसचिव माधवप्रसाद शर्माले जानकारी दिनुभयो ।

5285
Shares

ट्रेन्डिङ