सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • अनमोललाई हेर्न जापानमा उर्लिय दर्शक

अनमोललाई हेर्न जापानमा उर्लिय दर्शक

1550
Shares
अनमोललाई हेर्न जापानमा उर्लिय दर्शक

जापान :- अनमोल केसी अभिनित पछिल्लो चलचित्र फर्की फर्की यतिबेला नेपालसंग संगै बिदेशमा समेत प्रदर्सन भइरहेको छ। आफ्नो चलचित्रको रेड कार्पेट प्रिमियरका लागि जापान पुगेका अनमोलले आइतबार जापानबासि नेपालीहरु संगै बसेर चलचित्र फर्की फर्की हेरेका थिए।

जापानको टोक्यो शहर स्थित नाकानो जिरो हलमा साँझ ६;३० बजेबाट प्रारम्भ भएको चलचित्र हेर्नका लागि दर्शकहरु ५ बजे देखि नै लाइनमा बसेका थिए। अनमोलका प्रसंसकहरु अनमोल संग सेल्फी खिच्न र उनलाई उपहार दिन बेग्र प्रतिक्षा गरिरहेका थिए।आयोजक भिजोनिय कम्पनीले अनमोललाई लेमोजिन चडायर नाकानो जिरो हल पुराएको थियो। अनमोल गाडीबाट वर्लनासाथ उनलाई फ्यानहरुले घेरेका थिए।

आयोजकलाई फ्यानहरूबाट जोगाउँदै अनमोललाई हल भित्र लान हम्मे हम्मे परेको थियो। अनमोल संग हात मिलाउने ,फुल दिने ,सेल्फी खिच्नेहरु बीच अनमोल हल प्रवेश गरेका थिए। चलचित्र सुरु हुनु अघि अनमोलले कोनिचिवा जापान भन्दै सम्बोधन गर्दा हल भरि तालि र सिट्टी बजेको थियो। अनमोलले उपस्थित सबै दर्शकहरुलाई धन्यवाद समेत दिएका थिए।

कार्यक्रममा जापानका लागि नेपालका राजदुत दुर्गा बहादुर सुबेदी ,एन.आर.एन.ए जापानका अध्यक्ष नबिन न्युरे लगाएतको समेत उपस्थिति रहेको थियो। चलचित्र फर्की फर्किको टोक्यो शो अत्याधिक सफल भएको आयोजक सुवाष लामिछाने बताएका छन्। टोक्यो शो पश्चात अनमोल ओसाका र नागोया शहरको शोमा समेत सहभागी हुने सुवाषले बताए।।

1550
Shares

ट्रेन्डिङ