सबैको समाचार
आइतवार, अशोज १८, २०८३
  • होमपेज
  • पत्नी राधिकासँगै प्रधानमन्त्री ओली बामदेवको घरमा

पत्नी राधिकासँगै प्रधानमन्त्री ओली बामदेवको घरमा

6695
Shares
पत्नी राधिकासँगै प्रधानमन्त्री ओली बामदेवको घरमा

काठमाडौं, साउन १३ : प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपीशर्मा ओली भैंसेपाटीस्थित उपाध्यक्ष बामदेव गौतमको घरमा पुगेका छन्। पत्नी राधिका शाक्यको साथमा ओली गौतमको घरमा पुगेका हुन्। ‘पत्नीलाई सँगै लिएर उहाँ गौतमको घरमा जानुभएको हो’ प्रधानमन्त्री निकट स्रोतले भन्यो ‘यो विल्कुलै पारिवारिक भेटघाट हो, राजनीतिक होइन।’

पार्टी महासचिव विष्णु पौडेल पनि गौतमकै घरमा छन्। गौतम र पौडेल छिमेकी हुन्। नेकपाभित्र विवाद चर्किएका बेला ओली गौतमको घरमा पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

उपाध्यक्ष गौतमले पार्टीभित्र सहमतिका लागि भन्दै ६ बुँदे प्रस्ताव अघि सारेका थिए। स्रोतका अनुसार बामदेवले राखेको ६ बुँदे प्रस्तावमा ओली सकारात्मक देखिएका छन्। गौतमले यो प्रस्ताव आज ओलीइतर स्थायी समिति बैठकमा पनि राखेका थिए।

6695
Shares

ट्रेन्डिङ