सबैको समाचार
शुक्रबार, असार ५, २०८३
  • होमपेज
  • भिबोर सोसाइटी डेभलपमेन्ट बैंकलाई अन्तर्राष्ट्रिय ‘बेस्ट इन्टरप्राइजेज’ अवार्ड

भिबोर सोसाइटी डेभलपमेन्ट बैंकलाई अन्तर्राष्ट्रिय ‘बेस्ट इन्टरप्राइजेज’ अवार्ड

5890
Shares
भिबोर सोसाइटी डेभलपमेन्ट बैंकलाई अन्तर्राष्ट्रिय ‘बेस्ट इन्टरप्राइजेज’ अवार्ड

भिबोर सोसाइटी डेभलपमेन्ट बैंकलाई हालै लण्डलमा आयोजित समिट अफ लिडर्स २०१६, सोक्रेट्स अवार्ड सेरोमोनीमा बेस्ट इन्टरप्राइजेज अवार्डबाट सम्मानित गरिएको छ । युरोप विजनेश एसेम्ब्लीले बैंकलाई यस्तो अवार्ड प्रदान गरेको हो ।
युरोप विजनेश एसेम्ब्लीले बैंकका प्रमुख कार्यकारी अधिकृत झलक प्रसाद खनाललाई म्यानेजर अफ दि एयरबाट समेत सम्मानित गरेको छ । लण्डनको अक्सफोर्डमा बैंकका अध्यक्ष सुशील राज पराजुली र प्रमुख कार्यकारी अधिकृत झलक प्रसाद खनाललाई सम्मान प्रदान गरिएको हो ।
बैंकले कुशल व्यवस्थापनबाट देशभर रहेका शाखा सञ्जालमार्फत सर्वसाधारण वित्तीय पहुँच पुर्याउन विशेष योगदान गरेको, अफ्ठेरो परिस्थितिलाई समेत सजिलै व्यवस्थापन गरी आफा ग्राहकहरुको हितमा कार्य गर्न सफल रहेको भन्दै यो सम्मान प्रदान गरेको हो ।
युरोप विजनेश एसेम्ब्ली १ सय ६० भन्दाबढि देशहरु सदस्य र साझेदार रहेको यूरोपियन संस्था हो । साथै प्रमुख कार्यकारी अधिकृत खनालले सो सभामा बैंकको सम्बन्धमा सफलताको कथा समेत प्रस्तुत गरेका थिए । हाल सम्मका बिकास बैंकहरुमा देशकै ठूलो चुक्ता पुँजी (रु.१ अर्ब ८२ करोड) भएको बैंक हो । बैंकले ४२ वटा शाखा तथा १ एक्स्टेन्सन काउण्टर मार्फत् सेवा प्रदान गरिरहेको छ ।अनलाइनखबर

5890
Shares

ट्रेन्डिङ