सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • छाेराकाे हत्या गरेकाे आराेपमा बुवा पक्राउ

छाेराकाे हत्या गरेकाे आराेपमा बुवा पक्राउ

3185
Shares
छाेराकाे हत्या गरेकाे आराेपमा बुवा पक्राउ

दोेलखा – जन्मजातै बोल्न नसक्ने छोराको हत्या आरोपमा दोलखा प्रहरीले बुवालाई पक्राउ गरेको छ । शैलुङ गाउँपालिका वडा नम्बर–४, बस्ने  २२ वर्षीय बेदबहादुर रेग्मीको हत्या आरोपमा मृतकका बुवा ४४ वर्षीय चुडाबहादुर रेग्मीलाई पक्राउ गरिएको हो ।

मृतक रेग्मीको शव बुधबार बिहान झण्डै साढे ८ बजे शैलुङ गाउँपालिकाको खहरे खोलामा मृत अवस्थामा भेटिएको जानकारी इलाका प्रहरी कार्यालय मागापौवामा प्राप्त भएको थियो । मृतक वैशाख २ गतेबाट घर गाउँमा नदेखिएको र परिवारले समेत प्रहरीमा जानकारी नगराएको पाइएपछि हत्या आरोपमा बुवालाई पक्राउ गरिएको हो ।

पक्राउ परेका रेग्मीलाई ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको दोलखाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वासुदेव पाठकले जानकारी दिनुभयो । प्रारम्भिक अनुसन्धानको क्रममा मृतक रेग्मी जन्मजातै बोल्न नसक्ने थिए ।

घटना भएको दिन घरमा फोहोर गरेको निहुँमा मृतकको बुबाले घरमै रहेको ह्यामरले टाउकोमा प्रहार गर्दा छोराको मृत्यु भएपछि कम्बलमा पोको पारी खहेर खोलामा फाली गुपचुप बसेको बुझिएको दोलखाको प्रहरी निरीक्षक रेशम बोहोराले जानकारी दिनुभयो ।शवलाई पोस्टमर्टमका लागि चरिकोट स्थित शवगृहमा राखिएको छ ।

3185
Shares

ट्रेन्डिङ