सबैको समाचार
शनिबार, अशोज १९, २०८१
  • होमपेज
  • चार अमर शहीदकाे सम्झनामा आजदेखि ‘श’हीद सप्ताह’ सुरु

चार अमर शहीदकाे सम्झनामा आजदेखि ‘श’हीद सप्ताह’ सुरु

5220
Shares
चार अमर शहीदकाे सम्झनामा आजदेखि ‘श’हीद सप्ताह’ सुरु

काठमाडाैँ, १० माघ । जहाँनिया राणा शासनकाे विरुद्धमा जीवन उत्सर्ग गरेका चार अमर श’हीदकाे सम्झनामा आजदेखि श’हीद सप्ताह सुरु भएकाे छ । विगतका वर्षमा झैँ यस वर्ष पनि काठमाडौँ महानगरपालिकाले आज (माघ १०) देखि १६ गतेसम्म सप्ताहव्यापीरूपमा श’हीद दिवसका कार्यक्रम गर्ने भएको छ ।

कार्यक्रम तालिकाअनुसार आज बिहान ८ः०० बजे टेकु खरिबोटमा शुक्रराज शास्त्रीले अमरत्व प्राप्त गर्नुभएको स्थानमा श्र’द्धाञ्जली सभा आयाेजना गरी सप्ताहकाे शुभारम्भ गरिँदै छ । त्यस्तै माघ १३ गते बिहान ८ः०० बजे सिफलस्थित धर्मभक्त माथेमाले अमरत्व प्राप्त गर्नुभएको स्थानमा र माघ १५ गते बिहान ८ः०० बजे गङ्गालाल श्रेष्ठ र दशरथ चन्दले अमरत्व प्राप्त गर्नुभएको स्थान शोभा भगवतीमा श्र’द्धाञ्जलिसभा आयोजना गरिने छ ।

सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन अर्थात् माघ १६ गते शान्तिबाटिकामा भेला भएर नेपाल प्र’हरी र सशस्त्र प्र’हरीको ब्याण्ड, मार्चपास र श’हीदहरुको तस्वीर राखिएको बग्गीसहितको प्रभातफेरी श’हीद उद्यान लैनचौरमा पुगेर श्र’द्धाञ्जलिसभामा परिणत हुने जनाइएको छ । त्यस सभामा प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधिको सहभागिता रहनेछ ।

श’हीद सप्ताह मूल समारोह समितिका संयोजकको रूपका कामपाको प्रमुख विद्यासुन्दर शाक्य रहनुभएको छ । मूल समारोह समितिको सदस्यमा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, चार श’हीदले सहादत प्राप्त गर्नुभएको वडाका अध्यक्ष (वडा नं ७, १२, १५ र २६) हुनुहुन्छ ।

त्यस्तै विभागीय प्रमुख, आयोजना तथा कार्यक्रम प्रमुख, नेपाली सेना, सशस्त्र प्र’हरी, गृह मन्त्रालय, नेपाल स्काउटका प्रतिनिधि समितिको सदस्य हुनुहुन्छ । विसं २०१२ देखि काठमाडौँ नगरको संयोजकत्वमा शहीद सप्ताहअन्तर्गतका कार्यक्रम मनाइँदै आएको छ ।

सप्ताहकाे अन्तिम दिन माघ १६ गते स’हिद दिवस मनाइन्छ । देशका लागि प्राण आहुति दिने सहिदहरूको सम्झनामा स’हिद दिवस मनाउन थालिएको हो । यस दिन स’हिद धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री लगायतका स’हिदहरूको सम्झना गरिन्छ ।

5220
Shares

ट्रेन्डिङ