सबैको समाचार
बुधबार, असार १८, २०८२
  • होमपेज
  • बस दुर्घटनामा परी ८ जना घाइते

बस दुर्घटनामा परी ८ जना घाइते

630
Shares
बस दुर्घटनामा परी ८ जना घाइते

कास्की । काठमाडौँबाट म्याग्दीको बेनी जाँदै गरेको  बस कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर १ लेवाडेमा दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।

बजे बा५ख २८५ नम्बरको बस  बिहीबार बिहान पौने ४ बजे  लेवाडेमा सडकको दायाँ साईडतर्फ नालामा पल्टिएको हो ।

दुर्घटनामा परी बसमा सवार १३ जनामध्ये आठ जना घाइते भएका छन् । घाईते हुनेहरुमा पर्वतको जलजला गाउँपालिका वडा नं.८ बस्ने  बसका चालक वर्ष ३६ का बलबहादुर फगामी मगर, म्याग्दीको मालिकाका ३९ वर्षीय टकबहादुर कामी, सोही जिल्लाको मंगला गाउँपालिका वडा नम्बर १ निस्कोटका ४५ वर्षीय प्रेम पुन, मालिका वडा नम्बर ८ का ५७ वर्षीय तिलक शर्मा , वर्ष १५ की सबिता श्रीपाली, दरबाङ बस्ने वर्ष १७ का भीमसेन अधिकारी, मंगला गाउँपालिका १ सिमह बस्ने वर्ष ५७ की हरि केसी, म्याग्दीकै २५ वर्षीया रञ्जना हमाल रहेको प्रहरीले जनाएको छ ।

बस घटनास्थलमै रहेको र दुर्घटनाको कारणबारे अनुसन्धान भइरहको छ ।

630
Shares

ट्रेन्डिङ