दिवेश पोखरेल अमेरिकन आइडलको फाइनलमा प्रवेश
जेठ, ५, काठमाडौं । नेपाली युवक दिवेश पोखरेल (आर्थर गन) अमेरिकाको निकै चर्चित रियालिटी शो अमेरिकन आइडलको टप ५ मा पुग्न सफल भएका छन् । अन्तिम पाँचमा पर्न सफल भएसँगै उनी फाइनलको उपाधिको प्रतिष्पर्धामा प्रवेश गरेका छन् । यो घोषणासँगै उपाधिका लागि मतदान खुल्ला गरिएको छ । दिवेशले अब उपाधिका लागि फाइनल राउन्डको प्रतिस्पर्धा गर्नेछन् । […]