सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • टेलिभिजनमा प्रत्यक्ष रिपोर्टिङ्ग गरिरहेका सिएनएनका पत्रकारलाई लगाइयो हतकडी

टेलिभिजनमा प्रत्यक्ष रिपोर्टिङ्ग गरिरहेका सिएनएनका पत्रकारलाई लगाइयो हतकडी

6405
Shares
टेलिभिजनमा प्रत्यक्ष रिपोर्टिङ्ग गरिरहेका सिएनएनका पत्रकारलाई लगाइयो हतकडी

एजेन्सी, जेठ १७ : अमेरिकामा टेलिभिजनमा प्रत्यक्ष समाचार सम्प्रेषण गरिरहेका पत्रकारलाई प्रहरीले हत्कडी लगाइएको छ । अमेरिकी टेलिभिजन सिएनएनका एक पत्रकारलाई प्रहरीले मिनियापोलसमा भइरहेको प्रदर्शनको समाचार सम्प्रेषण गर्दागर्दैको समयमा हत्कडी लगाएर पक्रेको हो ।

मिनियापोलसमा प्रदर्शनको प्रत्यक्ष रिपोर्टिङ्ग गरिरहेका बेला प्रहरीले पत्रकार ओमार जिमिनेजलाई हतकडी लगाएको र केही बेरपछि रिहा गरेको थियो ।जर्ज फ्लोइड नामक अश्वेत व्यक्तिको प्रहरी यातनाका क्रममा मृत्यु भएपछि मिनियापोलसहित अमेरिकाका विभिन्न स्थानमा विरोध चर्किएको छ । पत्रकार जिमिनेज टेलिभिजनमा प्रत्यक्ष प्रशारण गरिरहेका थिए, त्यही बेला प्रहरीले बोल्दाबोल्दै गरेका उनलाई हतकडी लगाइएको थियो ।

प्रहरीले हट्न भन्दा नमानेकाले जिमिनेजसँगै उनका क्यामरापर्सन र प्रोड्यूसरलाई पक्राउ गरिएको हो । घटनाप्रति माफी माग्दै मिनेशोटाका गभर्नर टिम वाल्जले यो कुनै पनि रुपमा स्वीकार्य नरहेको बताए ।

उता सिएनएनले भने पत्रकारलाई यसरी हतकडी लगाउनु संविधानको उल्लंघन भएको जनाएको छ । प्रजातन्त्र, मानवअधिकार र प्रेस स्वतन्त्रताको पक्षधर भनिएको अमेरिकामै पत्रकारमाथि यस्तो ज्यादती भएको हो ।

6405
Shares

ट्रेन्डिङ